×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

११ कार्तिक २०८२

१० कार्तिक , काठमाण्डौ ।

नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव देखिन सुरु भएको छ । जसका कारण केही भूभागमा आज वर्षा हुनेछ । हाल देशमा पश्चिमीवायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ ।

बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसमी बुलेटिन अनुसार आज छठको मुख्य दिन देशभर मौसम आंशिक बदली रहनेछ। सबै प्रदेशका पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रही तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान छ । गण्डकीका पहाडी तथा हिमाली थोरै ठाउँ तथा लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलवार पनि दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा मौसम बदली रहनेछ । मंगलवार तराईका क्षेत्रमा पनि मौसम आंशिक बदली रहने मौसमविद्को अनुमान छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भागमा बदली रही तराई भागमा आंशिक बदली हुने सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एक÷दुई ठाउँमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाको तीन दिने मौसमी बुलेटिनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारपछि पानी पर्ने सम्भावना छ । यो क्रम शुक्रवारसम्म रहनेछ । अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा पानी पार्ने प्रणाली बनिरहेका छन् ।

त्यसले नेपालमा शुक्रवारसम्म वर्षा गराउने सम्भावना देखिएको उनले बताएका छन् । पूर्वी नेपालमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरू क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ ।

यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र मंगलवारदेखि पानी पर्न सक्ने सम्भावना रहेको हुँदा ४÷५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न पनि किसानलाई सल्लाह छ ।

यस्तै मौसमविद् धर्मराज उप्रेतीका अनुशार अरब सागर र बङाल को खाडीमा उत्पन्न उत्पन्न नयाँ प्रणालीले भारत को आन्द्र प्रदेश –उडिसा लगायत तटीय क्षेत्र, गुजरात क्षेत्र मा आज कार्तिक १० देखि भारी–अति भारी वर्षा गराउने पुर्वानुमान गरिएको छ ।

उनका अनुशार नेपाल को पश्चिमी क्षेत्रमा अरब सागरको उत्पन्न प्रणालीको हल्का असर कार्तिक ११–१२ मा सुदुर पश्चिम, कर्णाली र लुम्बिनी को तराईमा हल्का असर तर पाहाड र हिमाली क्षेत्रको केहि भागमा मध्यम वर्षा अनि उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना देखिन्छ ।

बङालको खाडीमा विकसित हुन लागेको प्रणालीको असर उत्तरी भागमा बिस्तारै आउदै गर्दा कार्तिक १४–१५ गते भने बागमती, मधेस प्रदेश र कोशी प्रदेशका धेरै ठाउँमा मध्यम देखि भारी वर्षाको संभावना रहेको उनले बताएका छन् ।

Advertisement

उनले धान भित्र्याउन, पराल आदिको सुरक्षामा बिशेष ध्यान दिन र १४–१५ कार्तिकमा काठमाडौं लगायत पुर्बी नेपालको हवाई तथा स्थलमार्ग प्रभावित हुन सक्ने बताएका छन् ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top