NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स सोमवार मंसिर २९ , २०८२
अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर सोमवार मंसिर २९ , २०८२
एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ? सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि सोमवार मंसिर २९ , २०८२
बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमवार मंसिर २९ , २०८२
Next
Prev

समाचार

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

मङ्लबार कार्तिक ११ , २०८२
Reading Time: 1 min read
A A
५३ मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख निकासा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ घर भई हाल काठमाडौं सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनी प्रहरी जवानको हत्या तथा वृत्तमा आगजनीमा संलग्न थिए । त्यस्तै, जवान थापाकै हत्यामा संलग्न रसुवाको उत्तरगया गाउँपालिका घर भएका २७ वर्षीय सौरभ तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

LS Auto

सिसि क्यामेराको फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जवान थापाको हत्यामा संलग्न ६ जना यसअघि नै पक्राउ परिसकेका छन् । यता प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्याको आरोपमा एक १९ वर्षीय युवा पक्राउ परेका छन् ।

अनुपम भण्डारी नामका ती युवा क्रिकेट सिक्दै गरेको व्यक्ति रहेको पाइएको छ । कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए । आरोपित भण्डारी करिब तीन महिनाअघि भारतको बैंग्लोरमा गएर क्रिकेट सिकेका थिए ।

यो कुरा उनले बयानमा समेत खुलाएका छन् । दुई हप्ता भारतमा ट्रेनिङ लिएर फर्केका उनी जेनजी आन्दोलनमा भन्दा केही दिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंको शान्तिनगरमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भर्ना भएर उनी क्रिकेट सिक्दै थिए ।

२३ भदौको सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीहरूको हत्या गरिएको घटनाले रिस उठेको उनले बताएका छन् । २३ भदौको आन्दोलनमा आफ्नो साथीको साथीको मृत्यु भएको त्यसले झनै आक्रोशित बनाएको उनले बयानमा उल्लेख गरेका छन् ।

सोही क्रममा २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण भएको र रिसले आफूले पनि चक्कुले हानेको उनले बयानमा बताएका छन् । प्रहरीमाथि प्रहार गरेपछि भागेको केही व्यक्तिले प्रहरीलाई घिसार्दै लगेको भण्डारीको बयानमा उल्लेख छ ।

प्रहरी सार्वजनिक भिडिओको आधारमा भण्डारीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्दा उनको घरबाट प्रहरीले घटना भएका बेला लगाएको कपडा समेत बरामद गरेको छ ।

भण्डारीलगायतको आक्रमणबाट एक प्रहरीको मृत्यु हुनुका साथै अन्य प्रहरी पनि घाइते भएकाले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको छ ।

प्रहरी प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए। आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाएका थिए ।

उनीहरुले हतियार लुटेका थिए । जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । २३ भदौमा २२ जना आन्दोलनकारी, २४ भदौमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी मारिएका थिए ।

प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । यसबीच अझैसम्म पनि १२ वटा शवको भने पहिचान खुल्न सकेको छैन ।

भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, धरान ८ र मोरङको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शवको डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन ।

जलेको अवस्थामा मानव कंकाल भेटिएकाले पोस्टमार्टम र डीएनए परीक्षणसमेत हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती शव आफन्तको भनेर दाबी गर्न कोही पनि सम्र्पकमा पनि आएका छैनन् ।

चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । धरानमा ४ र मोरङमा १ शव भेटिएको थियो । ती शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा राखिएको छ । उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईको भनाइ छ ।

लगभग पूर्ण रुपमा शवहरु जलेकाले स–साना प्लास्टिकका पोका बनाएर छुट्टाछुट्टै शिक्षण अस्पताल फरेन्सिक विभागले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीमा फेला परेका ४ वटा शवको पनि पहिचान हुन नसकेको बताए ।

एउटा शवको दाबी गर्न आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन सकेको छैन । व्यक्तिगत घर र निजी भवनमा जलेर देशभर २० जनाभन्दा बढीको मृत्यु भए पनि अन्यको पहिचान खुलेपछि पोस्टमार्टम गरी परिवारले शव बुझिसकेका छन् ।

कोटेश्वर भाटभटेनी, ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक निजी व्यापारिक भवन, कास्की र चितवनमा व्यक्तिका घर र भवनमा जलेर प्रर्दशनकारीको मृत्यु भएको प्रहरीको तथ्यांक छ । व्यक्तिका घर र भवन जलाउने क्रममा ती घटना भएका प्रहरीले जनाएको छ ।

Tags: #जेनजी आन्दोलन#जेनजी आन्दोलनमा जलेका शवहरु

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
आर्थिक

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो
अन्तर्राष्ट्रिय

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि
अन्तर्राष्ट्रिय

टेकअफ लगत्तै विमानको इन्जिन बन्द भएपछि

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विदेशी मुद्रा सञ्चिति ३० खर्ब,४ महिनामा ७ अर्ब रेमिट्यान्स

सोमवार मंसिर २९ , २०८२
अमेरिकी भिसा शुल्क ८ हजार डलरसम्म बढ्यो

अमेरिकामा जागिरको सपना एक पोस्टले नै हुनसक्छ चकनाचुर

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

एमालेको निर्वाचन तालिका हेरफेर, के भयो संशोधन ?उम्मेदवारी शुल्क कति ?

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.