×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

१३ कार्तिक २०८२

१२ कार्तिक , काठमाण्डौ ।

देशको हालको राजनीतिक अवस्थाबारे साझा समझदारी कायम गर्न आज प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी आन्दोलनका अगुवाबिच त्रिपक्षीय बैठक बस्दै छ ।

Advertisement

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल र जेनजीका अगुवाहरूलाई एउटै मञ्चमा ल्याएर छलफल गर्ने तयारी गरेकी हुन् । बैठकमार्फत देशमा देखिएको अस्थिरता अन्त्य गर्ने, आगामी निर्वाचन सफल पार्ने र परिवर्तनलाई संस्थागत गर्ने विषयमा साझा दृष्टिकोण खोजिनेछ ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठक आज साँझ ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा जेनजीका तर्फबाट करिब ८–९ समूहका प्रमुख नेताहरूलाई निमन्त्रणा गरिएको बुझिएको छ ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट दोस्रो तहका नेता तथा नीति निर्माता सहभागी हुनेछन् । सरकारको तर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री, अर्थमन्त्री, र कानुन मन्त्रीको उपस्थिति रहने अनुमान गरिएको छ ।

बैठकबाट आगामी सङ्क्रमणकालीन सरकारको खाका र चुनावी व्यवस्थाबारे पनि प्रारम्भिक सहमति निकाल्ने तयारी गरिएको बताइएको छ । अर्को तर्फ प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ सुरु हुदैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि परेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन बदर, र पुनः स्थापनासम्बन्धी आदेशको माग गर्दै दायर भएका सबै रिट एकै पटक सुनुवाइका लागि पेस गरिएका हुन् ।

यी रिटहरूमा हालकी प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरिएको छ । जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक व्यवस्थामा प्रधानमन्त्रीको अधिकार, संविधानको व्याख्या, र सङ्क्रमणकालीन सरकारको वैधताबारे पनि प्रश्न उठाइएको छ ।

अदालतले प्रारम्भिक सुनुवाइपछि रिटहरूलाई एउटै इजलासमा संयुक्त रूपमा हेर्ने वा अलग–अलग रूपमा सुनुवाइ गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । राजनीतिक वृत्तमा आजको सुनुवाइलाई हालको राजनीतिक दिशा निर्धारणमा महत्त्वपूर्ण मानिएको छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top