×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

१३ कार्तिक २०८२

१२ कार्तिक , काठमाण्डौ ।

यसैबीच आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

Advertisement

सिजनअगावै परेको हिमपातले किसानहरु र पर्यटकहरु मारमा परेका छन् । पर्यटकहरुको पनि बढी चहलपहल रहने मुस्ताङमा बाक्लो हिमपातका कारण स्याउ खेति गर्ने किसानहरु चिन्तामा परेका छन् ।

सोमबार रातिदेखिको निरन्तर हिमपातले माथिल्लो मुस्ताङमा स्याउ खेती धेरै भएकोखिंगामा मात्र स्याउका २५ हजार बोट प्रभावित भएका छन् । यहाँ सोमबारदेखि नै भारी हिमपात भइरहेको छ ।

मुक्तिनाथ क्षेत्रमा मंगलबार पनि दिनभर नै हिउँ प¥यो । मुक्तिनाथ क्षेत्रमा डेढ फिटसम्म र कागबेनीमाथिको गाउँ खिंगामा आधा फिटजति हिउँ जमेको छ । हिमपातले बिजुलीका पोल र रूख ढलेर ठाउँठाउँमा तार चुँडिएकाले विद्युत् अवरुद्ध भएको छ ।

८ कात्तिकमा दैनिक ९ हजार पर्यटक मुस्ताङ प्रवेश गरेको तथ्यांक रहे पनि मंगलबार भने हिमपातका कारण तीन हजारमा झरेका थिए ।यस्तै मनाङको तिलिचो ताल ९४९१९ मिटर० तर्फ हिँडेकाहरू एक्कासि हिमपात भएसँगै गन्तव्यमा पुग्न नसकी फर्कन बाध्य भएका छन् ।

हिमपात रोकिनुको सट्टा बढ्दै गएको र थप बढ्न सक्ने डरले उनीहरूले बेसक्याम्प छाडेका छन् । मनाङका क्षेत्रहरुमा सोमबार सुरु हिमपात अझै रोकिएको छैन । यद्यपि मनाङमा चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल, थोराङ्ला पास, हिमलुङ हिमाल आरोहणका लागि पर्यटक आएका छन् ।

मनाङमा यो समय आन्तरिक तथा बाह्य गरी करिब ३ हजार पर्यटक रहेको अनुमान छ । तर हिमपातका कारण पर्यटक गन्तव्यतर्फ जान रोकिएका छन् । मनाङमा एक सातादेखि दैनिक २ सय हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन ।

यता अन्नपूर्ण प्रथम हिमालका उत्तरी र दक्षिणी आधार शिविरमा पनि सोमबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ । पुरानो र चल्तीको कास्कीतर्फको अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात भए पनि पर्यटक सुरक्षित रहेको स्थानीय प्रशासनले बताएको छ ।

यद्यपि बाक्लो हिमपातपछि पर्यटकलाई अप्ठेरो पर्न सक्ने भएकाले मंगलबार उद्धार टोली पठाइएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भरतबहादुर पुन बताउँछन् । यता सोलुखुम्बुको खुम्बु क्षेत्रमा भने सोमबारदेखि भएको हिमपात मंगलबार साँझ रोकिएको छ ।

माथिल्लो क्षेत्रमा हिमपात रोकिए पनि पर्यटकलाई होटलभित्र सुरक्षित बस्न सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए । उनका अनुसार हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सयभन्दा बढी पर्यटक होटलभित्रै बस्न बाध्य भएका छन् ।

उता दोलखामा च्छो–रोल्पा र रोल्वालिङ क्षेत्रमा पदयात्रामा गएका पर्यटक पनि हिमपातका कारण फर्कन बाध्य भएका छन् । त्यस क्षेत्रमा पुगेका पर्यटक ना र बेदिङ झरेका छन् ।

च्छो–रोल्पा र ना गाउँमा निरन्तर हिमपात भइरहेको छ । चीनसँग सीमा जोडिएको लप्चीमा पनि पर्यटकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top