NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता मङ्लबार मंसिर २ , २०८२
प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने मङ्लबार मंसिर २ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
Reading Time: 1 min read
A A
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ मंसिर , काठमाण्डौ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउनुअघि मस्कोमा भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले रुसको राजधानी मस्कोमा रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय साझेदारीबारे छलफल भएको हो । बैठकमा भारत–रूस २३ औं वार्षिक शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको छ । भारत र रुसबीचको २३ औं वार्षिक शिखर सम्मेलन हुने तय भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि भारतको भ्रमण गर्नेछन् । रुसी विदेशमन्त्रीसँगको भेटबारे जयशंकरले भने ,’म मस्कोमा विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्न पाउँदा खुसी छु । यस क्रममा व्यापार र लगानी, ऊर्जा, गतिशीलता, कृषि, प्रविधि, संस्कृति र द्विपक्षीय साझेदारीबारे छलफल भयो।’

उनले क्षेत्रीय, विश्वव्यापी र बहुपक्षीय मुद्दामा विचार राखेको बताएका छन् । उता युक्रेनसँग युद्ध गरिरहेको रूसको आम्दानी घटाउने प्रयासमा अमेरिका लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा पेस भएको नयाँ विधेयकलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

यस विधेयकले वाशिङ्गटनलाई मस्कोसँग व्यापार जारी राख्ने देशहरूमा ५०० प्रतिशतसम्म सीमाशुल्क लगाउने अधिकार दिनेछ । ट्रम्पले भनेका छन्, “रिपब्लिकनहरूले रूससँग व्यापार गर्ने कुनै पनि देशमा धेरै कठोर प्रतिबन्ध लगाउने विधेयक ल्याइरहेका छन् ।”

सिनेटर लिन्डसे ग्राहमले यसलाई लामो समयदेखि समर्थन गर्दै आएका थिए । तर, रूसले युक्रेनमा जारी राखेको आक्रमणबाट बढ्दो निराशाको बीचमा यसले गति पाएको छ ।

ब्लूमबर्गका अनुसार, यो विधेयकले ट्रम्पलाई रूसी तेल वा ग्यास किन्ने र युक्रेनलाई पर्याप्त समर्थन नगरेको मानिने देशहरूबाट आयात हुने वस्तुमा ५०० प्रतिशतसम्म सीमाशुल्क लगाउने अधिकार दिनेछ ।

यस प्रावधानलाई सीधै चीन र भारत जस्ता रूसी ऊर्जाका प्रमुख उपभोक्ताहरूलाई लक्षित गरेर बनाइएको हो । ट्रम्पले आइतबार भने, “हामी यसमा इरानलाई पनि थप्न सक्छौँ ।” यो विधेयक मस्कोले पूर्वी युक्रेनको रेलवे केन्द्र पोक्रोभ्स्क कब्जा गर्ने प्रयासहरू तीव्र पार्दै देशभर हवाई आक्रमणहरू जारी राखेको समयमा आएको छ ।

डेमोक्रयाट तथा धेरै रिपब्लिकनहरूले महिनौँदेखि द्वन्द्व लम्ब्याउने र कूटनीतिक प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै क्रेमलिनविरुद्ध दण्डात्मक उपाहरूको माग गर्दै आएका छन् ।

ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई वार्तामा ल्याउने प्रयास गर्दा नयाँ प्रतिबन्धहरू लगाउन अस्वीकार गर्दै आएका थिए । यस वर्ष सुरुमा उनले अलास्कामा गरेको पुटिनको आतिथ्यले कुनै सफलता हासिल गर्न सकेको थिएन ।

यसैबीच युक्रेनले रूसी आक्रमणहरूमा आफ्नो रक्षा–क्षमता बढाउन फ्रान्समा निर्मित १०० वटा राफेल एफ–४ लडाकु जहाज र स्तरीय वायुसुरक्षा प्रणालीहरू प्राप्त गर्न फ्रान्ससँग सम्झौता गरेको छ ।

पेरिसनजिकैको एक वायुसेना क्याम्पमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग आशयपत्रमा हस्ताक्षर गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमलाई ऐतिहासिक बताएका छन् ।

राफेल एफ–४ को वितरण सन् २०३५ सम्म पूरा हुने योजना छ । ड्रोनको संयुक्त उत्पादन यही वर्षबाट सुरु हुँदै छ । सोमबार म्याक्रोँसँग संयुक्त ब्रिफिङमा जेलेन्स्कीले भने, “अर्को वर्षबाट सुरु हुने र दश वर्षसम्म चल्ने यो एक रणनीतिक सम्झौता हो ।”

उनले युक्रेनले धेरै नै शक्तिशाली फ्रान्सेली रडार, आठवटा वायुसुरक्षा प्रणाली र अन्य उन्नत हतियारहरू पनि प्राप्त गर्ने बताए । विगत केही महिनामा रूसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ, जसको लक्ष्य ऊर्जा तथा रेल पूर्वाधा मा क्षति गर्नुका साथै देशभर विद्युत् सेवामा अवरोध गर्नु गरेका छन् ।

यी आक्रमणहरूमा थुप्रै नागरिकको मृत्यु भएको छ, जसलाई किभ र पश्चिमी सहयोगीहरूले युद्ध–अपराधका रूपमा वर्णन गर्छन् । कतारमा बोल्दै म्याक्रोँले भने, “हामी १०० राफेलहरूको योजना बनाइरहेका छौँ । यो ठूलो कुरा हो । युक्रेनी सेनाको पुनरुत्थानका लागि यही आवश्यक छ ।”

युक्रेनी रक्षा विश्लेषक सेर्ही कुजानले बीबीसीलाई भने, “रूसले प्रतिमहिना ६ हजार ग्लाइड बमहरू प्रयोग गर्दै छन् । २०० किलोमिटरसम्म प्रहार गर्नसक्ने फ्रान्सेली हावाबाट हावामा प्रहार गर्ने प्रणाली हासिल गर्नु महत्वपूर्ण हुनेछ, रूसीहरूसँग २३० किलोमिटरसम्म प्रहार गर्नसक्ने आफ्नै प्रणाली छ ।”

किभ र पेरिसबीचको यो घोषणा ठूलो भए पनि रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका जस्टिन ब्रोन्क भन्छन्, “यी जहाजहरूले कति फरक ल्याउँछन् भन्ने कुरा यिनको वितरणको समयसीमा र यिनसँग आउने मिसाइल प्रणालीहरूमाथि निर्भर गर्नेछ ।”

Tags: #रुससँग व्यापार

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने
ताजा समाचार

डाइभर्ट जहाज अबदेखि भैरहवामा अवतरण हुने

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

मङ्लबार मंसिर २ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईं पक्राउ परेपछि उनको समूह सडकमा, उपत्यका प्रहरी अलर्ट

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.