NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल मङ्लबार मंसिर १६ , २०८२
परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले मङ्लबार मंसिर १६ , २०८२
सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु मङ्लबार मंसिर १६ , २०८२
एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ? मङ्लबार मंसिर १६ , २०८२
ओलीले भने, सुशीलाहरु बुख्याचा, सिंहदरबारमा बस्नै मिल्दैन,लोगोमा धरहरा आइतवार मंसिर १४ , २०८२
Next
Prev

समाचार

एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ?

मङ्लबार मंसिर १६ , २०८२
Reading Time: 1 min read
A A
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ मंसिर, काठमाण्डौ ।

कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ ।

LS Auto

चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । यस्तै अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा कर कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्वपूर्ण छ ।

चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल ‘गर या मर’को अवस्थामा छ । मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् ।

अपराजित सुदूरपश्चिम रोयल्स दश अंक जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको छ ।

सुदूरपश्चिमले काठमान्डु, पोखरा, कर्णाली, लुम्बिनी र जनकपुरलाई हराइसकेको छ । ५ खेलमा ५ जितसहित १० अंक जोडेर शीर्षस्थानमा छ । सुदूरपश्चिमले अब चितवन राइनोज र विराटनगर किङ्ससँग खेल्न बाँकी छ ।

दुईमध्ये एकमात्र खेल जिते पनि सुदूरपश्चिम शीर्ष २ मा पर्ने निश्चित हुनेछ । बाँकी ३ स्थानका लागि अझै पनि ७ वटै टिम प्रतिस्पर्धामा छन् । गत सिजन नेट रनरेटमा पछाडि परेर प्लेअफमा नपुगेको काठमान्डुले पर्याप्त जितकै साथमा प्लेअफमा पुग्ने सम्भावना बलियो देखिएको छ ।

६ खेलमा ४ जितसहित ८ अंक जोडेको काठमान्डु हाल दोस्रो स्थानमा छ । काठमान्डुले जनकपुर बोल्ट्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भएको थियो भने त्यसयता लगातार ३ खेल जित्ने क्रममा लुम्बिनी, चितवन र कर्णालीलाई हराएको छ ।

काठमान्डुले‍ अब पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ । उक्त खेल जितेमा काठमान्डु प्लेअफमा पुग्ने पक्का हुनेछ । काठमान्डु पोखरासँग पराजित भएपनि प्लेअफमा पुग्न सक्ने सम्भावना रहिरहने छ ।

गत संस्करण प्लेअफमा नपुगेको विराटनगर किङ्स यसपटक मार्टिन गप्टिलको निरन्तरतासँगै फाफ डुप्लेसी र मर्चेन्ट डे लाङजस्ता खेलाडीहरूका साथमा थप चम्किने तयारीमा छ । ५ मध्ये ४ खेल जितेर प्लेअफ सम्भावना बलियो बनाएको छ ।

विराटनगरले पोखरा, काठमान्डु र जनकपुरलाई हराउँदा चितवनसँग पराजित भएको थियो भने त्यसपछि कर्णालीलाई हराएको थियो । विराटनगरले अब लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ ।

एकमात्र खेल जिते प्लेअफमा स्थान बनाउने विराटनगरले दुवै खेल जितेमा शीर्ष २ मै रहनेछ । दुवै खेलमा पराजित भएमा विराटनगर अन्य नतिजामा भर परेर प्लेअफमा पुग्न भने सक्छ ।

गत संस्करण प्लेअफ खेलेको चितवन राइनोजले यसपटक प्लेअफमा पुग्नका लागि अझै मेहेनत गर्नुपर्ने देखिएको छ । चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ ।

चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो । चितवनले अब जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।

३ वटै खेल जितेमा चितवनको प्लेअफ सुनिश्चित हुनेछ । २ मात्र खेल जितेमा अन्य नतिजामा भर पर्नुपर्ने हुन सक्छ । गत संस्करणमा एक जित मात्र निकालेर पुछारमा रहेको लुम्बिनी लायन्सले यस संस्करणमा हालसम्म ५ खेल खेल्दा २ जित र ३ हारको नतिजासहित ४ अंक जोडेको छ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । त्यसपछि पोखरा एभेन्जर्सलाई पराजित ग¥यो ।

लुम्बिनीले अब विराटनगर किङ्स र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेमा लुम्बिनी ८ अंक जोडेर प्लेअफको सम्भावना कायमै राख्नेछ । नेट रनरेटले समेत फरक पार्नेछ ।

पोखरा एभेन्जर्सले हालसम्म ४ खेल खेल्दा १ जित मात्र निकालेको छ । पोखराले विराटनगर र सुदूरपश्चिमसँग पराजित भएपछि जनकपुर बोल्ट्सलाई हराएको थियो भने त्यसपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

पोखराले अब कर्णाली, काठमान्डु र चितवनसँग खेल्न बाँकी छ । अब सबै खेल‌ जित्नुपर्ने दबाब छ । पोखराले २ मात्र खेल जितेमा अन्य टोलीको भर पर्नुपर्नेछ । कर्णालीले ५ खेल खेल्दा १ खेल मात्र जितेको छ ।

पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको कर्णाली याक्सले त्यसपछि लुम्बिनी लायन्सलाई हराएको थियो । त्यसपछि फेरि सुदूरपश्चिम, विराटनगर र काठमान्डुसँग हार बेहोरेको छ ।

कर्णालीले पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेर पनि अन्य टोली ६ भन्दा अगाडि नजाने समीकरण बनेमात्रै कर्णाली प्लेअफ पुग्न सक्छ । कर्णालीले पोखरा एभेन्जर्ससँग खेल्दा पराजित भएमा एक खेल अगावै बाहिरिने पक्का हुनेछ ।

अन्तिममा रहेको साविक विजेता जनकपुर यस संस्करणमा खेलेका सबै ४ खेलमा पराजित भएको छ । जनकपुर बोल्ट्सले काठमान्ड , विराटनगर , पोखरा र सुदूरपश्चिमसँग हार बेहोरेको छ ।

जनकपुरले अब चितवन, लुम्बिनी र कर्णालीसँग खेल्न बाँकी छ । सबै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आएमात्रै पनि उसको प्लेअफ संभावना कम देखिएको छ। आज हुने खेलमा चितवन राइनोजसँग पराजित भएमा जनकपुर २ खेल खेल्नुअघि नै बाहिरिनेछ ।

Tags: #एनपीएलमा आज २ खेल#नेपाल प्रिमियर लिग (एनपीएल)

लोकप्रीय

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

मङ्लबार मंसिर १६ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

मङ्लबार मंसिर १६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

विचार

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

मङ्लबार मंसिर १६ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

मङ्लबार मंसिर १६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

थप समाचार

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल
खेलकुद

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

मङ्लबार मंसिर १६ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

मङ्लबार मंसिर १६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा प्लेअफमा पुग्ने कुन टिमको संभावना कस्तो ?

मङ्लबार मंसिर १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

आज बलियो टोली चिनियाँ ताइपेईसँग भिड्दै नेपाल

मङ्लबार मंसिर १६ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

मङ्लबार मंसिर १६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.