NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ? बिहिबार मंसिर १८ , २०८२
अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना बिहिबार मंसिर १८ , २०८२
पुटिन आज भारत आउँदै, सुरक्षा अंग ‘हाई अलर्ट’ बिहिबार मंसिर १८ , २०८२
Next
Prev

समाचार

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
Reading Time: 1 min read
A A
हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ मंसिर , काठमाण्डौ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले आगामी फागुनको चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् ।

जेनजी आन्दोलनपछि आफूलाई वैकल्पिक शक्तिको दाबी सहित २ दर्जन दलहरु खुलेपनि जेनजीहरुको माग सम्बोधन गर्नेगरी वैकल्पिक शक्तिहरुबीच आपसी कार्यगतएकता हुनु पर्ने आवाज उठिरहेका बेला हर्कले पनि एकल रुपमा चुनावमा होमिने उद्घोष गरेका छन् ।

सुनसरीको बराहक्षेत्र स्थित चक्रघट्टीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै उनले श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिने बताए । “हामी कसैसँग गठबन्धन गरेर होइन, आफ्नै बल र विश्वासको आधारमा चुनाव लड्छौँ,” अध्यक्ष साम्पाङले भने, “नेपालको कुनै पनि राजनीतिक दल ‘चोखो र जनउत्तरदायी’ छैनन ।”

जाति, धर्मवर्गका आधारमा फुटेको देशलाई जोड्न निस्केको श्रम संस्कृति पार्टीको मुलुकको सामाजिक एकता र श्रमको सम्मानमा आधारित राजनीतिक संस्कृति विकास गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।

अध्यक्ष साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले हाल देशभर सङ्गठन विस्तारलाई आक्रामक रूपमा अघि बढाइरहेको जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनपछि ठूला भनिने दलहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला श्रम संस्कृति पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । जनताको विश्वास र समर्थन वृद्धिले आफ्नो दल राष्ट्रिय विकल्पका रूपमा स्थापित भएको छ ।”

दलले मान्यता पाएयता हर्क पुर्वका विभिन्न जिल्लामा संगठन विस्तार र सभामा सहभागी हुँदै आएका छन् । उनले इलाम, झापा,पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, भोजपुर लगायतका जिम्लाका विभिन्न स्थानमा जनसभाको आयोजना गरिसकेका छन् ।

दुई दिन अघि मात्रै हर्क नेतृत्वको श्रम संस्कृति पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने। राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग र जातिका हुनुपर्ने। विज्ञहरूको समावेशी मन्त्रीपरिषद् हुने।

सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने। पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने । प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने। सीमा अतिक्रमणमा रोक लगाई नेपाली सेनालाई सीमामा खटाइने।

नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी नागरिकले पाँच वर्ष बसेपछि र विदेशको नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउने। देशमा क्रियाशील सबै आइएनजिओ खारेज गरिने। हप्तामा ३ दिन मात्र पढाइने र बाँकी ४ दिन उत्पादन र साहित्यमा लगाइने।

१२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने। १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने। शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाइने। जेनजीको गुनासो सुन्न छुट्टै आयोग बनाइने।

वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट दिइने)। सबै नागरिकलाई श्रमदानमा जोडिने। ’एक गाउँ एक उद्योग’ स्थापना गरिने। सरकारी चालु खर्च कटौती गरिने र आर्थिक रूपमा मितव्ययी हुने। श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दिइने।

गरिब जनताको पहिचान गरी गास, बास र कपासको व्यवस्था गरिने। ’एक घर एक स्वरोजगार’ नीति लागु गरिने। अन्तर्राष्ट्रिय लगानी (निसर्त) मात्र लिइने उल्लेख गरिएको छ । यस्तै राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन।

कसैको करकापमा धर्म परिवर्तन गर्ने नदिइने। सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने। पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने लगायतका लक्ष्य राखिएको छ ।

बुधबार मात्रै उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालको घोषणा भएको छ ।  सो दलले पनि वैकल्पिक शक्तिहरु बीच एकता र सहकार्यको आह्वान गरेको छ भने सोही कार्यक्रममा पुगेकी रास्वपाकी पूर्व नेतृ सुमना श्रेष्ठले पनि वैकल्पिक शक्तिहरु बीच एकताको आह्वान गरेकी छिन् ।

तर हर्कले जेन जी आन्दोलनको जगमा बनेको सरकारका मन्त्री कुलमान घिसिङविरुद्ध निरन्तर कडा अभिव्यक्ति दिइरहेका छन् । उनको पछिल्ला राजनीतिक सभाहरुमा एमसिसिको मुख्य पात्रकोरुपमा घिसिङ भएको भन्दै निशाना साधिरहेका छन् ।

केही साता अघि इटहरीको तरहरामा पार्टी विस्तारको सभा, दमक र आज चक्रघट्टीमा आयोजित सभामा पनि साम्पाङले घिसिङविरुद्ध अभिव्यक्ति दिए । एमसिसि परियोजना राष्ट्रघाती भएको र उक्त सम्झौता गराउन घिसिङले भुमिका खेलेको भन्दै साम्पाङले देशद्रोहीको संज्ञासमेत दिएका छन् ।

केही दिन अघि धरान आएको बेला मन्त्री घिसिङले नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुन आह्वान गरेका थिए । उनले नाम नलिएपनि हर्क साम्पाङप्रति लक्षित गर्दै देशले परिवर्तन खोजेको बेला नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोडदिएका थिए ।

‘म सबैलाई आह्वान गर्छु, अब एक भएर देशलाई समृद्धितिर अगाडि बढाउन नयाँ भन्ने र वैकल्पिक शक्तिहरु एकअर्कालाई गाली गर्ने होइन, एकजुट भएर अघि बढ्नुपर्छ,’ उनले साम्पाङतर्फ संकेत गर्दै भनेका थिए,‘धरानमा सामाजिक सञ्जालमा विभिन्न किसिमका कुराहरु देखिरहेको छ, त्यसरी एकआपसमा हिलोछ्याप्ने काम नगरौं, एकतावद्ध भएर अघि बढौं ।’

घिसिङले धरान आएर सार्वजनिकरुपमा नै सहकार्यको सन्देश दिएपनि साम्पाङसँग भेट हुन भने सकेन । कुनै समय सरकारले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउदा पुर्नवहालीको माग गर्दै धरानमा साम्पाङले आन्दोलनसमेत गरेका थिए । साम्पाङ घिसिङका शुभेच्छुक नै थिए ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा घिसिङ तीन वटा मन्त्रालय सम्हाल्ने गरि मन्त्री बनेपछि दुवैको सम्बन्धमा दरार आएको हो । सरकार गठनको कसरत हुँदा साम्पाङ प्रधानमन्त्री र पछि गृहमन्त्री हुने चाहना बोकेर काठमाण्डौं गएका थिए ।

त्यसक्रममा घिसिङको घरमा दुवैको भेट समेत भएको थियो । त्यतिबेला घिसिङ मन्त्री बनिसकेका थिएनन् । जेनजीहरुले पुर्वप्रधानन्यायाधिश शुशिला कार्कीलाई प्रधानमन्त्री बनाएपछि साम्पाङ गृहमन्त्री बन्ने प्रयास गरेका थिए, तर सफल भएनन् । रित्तै धरान फर्किएका साम्पाङलाई घिसिङ मन्त्री बनेको खबर प्रिय थिएन ।

यो खबर आएदेखि नै साम्पाङले घिसिङबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी र आलोचन गर्न शुरुवात गरेका थिए । साम्पाङले आफ्नै अध्यक्षतामा श्रम सँस्कृति पार्टी दर्ता गरेर चुनावबाट बहुमत ल्याएर प्रधानमन्त्री बन्ने लक्ष्य लिएर लिएका छन् ।

आफ्नो प्रधानमन्त्री बन्ने यात्रामा तगारो हुनसक्ने देखेर साम्पाङले घिसिङलाई निरन्तर निशाना बनाइरहेको अनुमान पनि गरिएको छ । यसैबीच सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अघि बढाएको ‘सुम्निमा पारुहाङ प्रतिष्ठान’ परियोजनामाथि अख्तियारले अनुसन्धान थालेको छ ।

उपमहानगर प्रमुख साम्पाङ अध्यक्ष रहेको प्रतिष्ठानले गरेको काममा अनियमितता भएको उजुरी दर्ता भएपछि अख्तियारको इटहरीस्थित कार्यालयले धरान उपमहानगरपालिकासँग प्रतिष्ठानसँग सम्बन्धित सबै वित्तीय तथा संस्थागत कागजात माग गरेको हो ।

अख्तियारले मंसिर १४ गते पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको उजुरीमा छानबिन अघि बढाइने उल्लेख गरेको छ। आयोगले पहिलो चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय–व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका सबै कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

अख्तियारको पत्र आएको कुरा नगर प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट पुष्टि गरेका छन् । ‘सुम्निमा पारुहाङ प्रतिमा किन बनाएको भनेर अख्तियारले सोधेछ ? राज्यले नबनाइदिएकाले आफैं बनाउनु परेन ?’ उनले फेसबुकमा लेखेका छन् ।

अख्तियारमा परेको उजुरीमा नगरप्रमुख र केही कर्मचारबीच मिलेमतो गरी ‘सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल’ दर्ता गरिएको, स्थानीय तहको प्रमुख पदमा रहेका व्यक्तिले आफ्नै अध्यक्षतामा संस्था दर्ता गरेर ‘हित–संघर्ष’ पैदा गरेको र प्रतिष्ठानमार्फत पर्ति ऐलानी श्रेणीका विवादित जग्गा खरिद गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको उल्लेख छ।

त्यसैगरी प्रतिष्ठानमा आएको रकमको श्रोत, खर्च प्रक्रिया र रकमको अन्तिम प्रयोग अस्पष्ट भएको आरोप पनि उजुरीमा समेटिएको छ। मंसिर ९ गते मेयर साम्पाङले साल्पा सिलिचुङबाट ढुङ्गा, माटो र पानी ल्याएर चिण्डे डाँडामा सुम्निमा पारुहाङ प्रतिमाको शिलान्यास गरेका थिए ।

प्रतिमा निर्माणका लागि प्रयोग हुने जग्गा भने विगतदेखि नै विवादित मानिँदै आएको छ । उजुरी दर्ता भएपछि अब यस विषयमा अख्तियारले औपचारिक छानबिन अघि बढाउने भएको छ।

Tags: #हर्क साम्पाङ#हर्कले कसैसँग पनि गठबन्धन नगर्ने

लोकप्रीय

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२

विचार

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२

थप समाचार

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान
ताजा समाचार

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान
ताजा समाचार

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

अमेरिकी एफ–१६ लडाकु विमान दुर्घटना

बिहिबार मंसिर १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

हर्क साम्पाङको सुम्निमा पार्कमा अनियमितता,अख्तियारको थाल्यो अनुसन्धान

बिहिबार मंसिर १८ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

बिहिबार मंसिर १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.