×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

२१ मंसिर २०८२

२० मंसिर, काठमाण्डौ ।

आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप–२०२६ को समूह विभाजन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अमेरिकाको वासिंटन डिसीमा एक समारोहबीच प्रतियोगिताको समूह विभाजन गरेको हो ।

Advertisement

फिफाको ‘ड्र’ अनुसार साविक विजेता अर्जेन्टिना सहज समूहमा परेको छ । कतार विश्वकप–२०२२ को च्याम्पियन अर्जेन्टिना समूह ‘जे’मा छ । यो समूहमा अर्जेन्टिनासँगै, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् । साविक उपविजेता फ्रान्स समूह ‘आई’मा छ ।

यो समूहमा फ्रान्ससँगै सेनेगल, नर्वे र प्लेअफ–२ बाट आउने टिमले प्रतिस्पर्धा गर्नेछन् । पाँच पटकको च्याम्पियन ब्राजिल समूह ‘सी’मा परेको छ । यो समूहमा ब्राजिलसँगै गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को, हाइटी र स्कटल्यान्ड छन् ।

प्रतियोगिताको यो संस्करणमा कुल ४८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी १२ समूहमा विभाजन गरिएको छ । जसमध्ये हालसम्म ४२ टिमको टुंगो लागिसक्दा बाँकी ६ टिम भने प्लेअफबाट छनोट हुनेछन् ।

विश्वकप आगामी वर्षको जुन ११ देखि जुलाई २० सम्म अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरमा आयोजना हुने तालिका छ ।

समूह विभाजन अनुशार :

समूह ‘ए’– मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपियन प्लेअफ–डी

समूह ‘बी’– क्यानडा, युरोपियन प्लेअफ–ए, कतार र स्वीट्जरल्यान्ड

समूह ‘सी’– ब्राजिल, हाइटी, मोरोक्को र स्कटल्यान्ड

समूह ‘डी’– अमेरिका, पराग्वे, अस्ट्रेलिया र युरोपियन प्लेअफ–सी

समूह ‘इ’– जर्मनी, क्युराकाओ, आइभेरी कोस्ट र इक्वेडर

समूह ‘एफ’– नेदरल्यान्ड्स, जापान, युरोपियन प्लेअफ–बी र ट्युनिसिया

समूह ‘जी’– बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड

समूह ‘एच’– स्पेन, केप भर्ड, साउदी अरेबिया, उरुग्वे

समूह ‘आई’– फ्रान्स, सेनेगल, प्लेअफ–२, नर्वे

समूह ‘जे’– अर्जेन्टिना, अल्जेरिया, अस्टिया र जोर्डन

समूह ‘के’– पोर्चुगल, प्लेअफ–१, उज्वेकिस्तान र कोलम्बिया

समूह ‘एल’– इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा

यसैबीच नेपाली लिग च्याम्पियन एपीएफले साफ वुमेन्स क्लब च्याम्पिनयसिप २०२५ मा शुक्रबार विजयी सुरुआत लिएको छ । उसले दशरथ रंगशालामा भएको खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० ले हराएको हो ।

रश्मिकुमारी घिसिङले ३८ औं मिनेटमा गोलको खाता खोलिन् । मीना देउवाको ब्याक पासमा रश्मिले बललाई सजिलै पोस्टको दिशा दिइन् । मीनाले ७१ औं मिनेटमा दोस्रो गोल थपिन् । उनले एक्लै बल अगाडि बढाउँदै सुन्दर गोल गरिन् ।

रश्मिले ८१ औं मिनेटमा तेस्रो गोल थपिन् र यसका लागि उनले पेनाल्टी एरियाबाट सहज प्रहार गरिन् । मीनाले दोस्रो हाफको इन्ज्युरी समयमा चौथो तथा आफ्नो दोस्रो व्यक्तिगत गोल गरिन् । यससँगै एपीएफको ३ अंक भएको छ ।

नसरिन भने शून्य अंकमा रह्यो । शुक्रबार नै भएको उद्घाटन खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड र कराँची सिटी एफसीले गोलरहित बराबरी खेलेका थिए । यससँगै दुवै टिम १÷१ अंकमा रहेका छन् ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top