×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले बनाएको स्याटलाइट ‘स्लिपर्स टु स्याट’ चीनको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार दिउँसो ११औँ काइनेटिका–१ वाहक रकेटको सफल प्रक्षेपण गरिएको हो ।

Advertisement

यसले नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्टका तीनसहित कुल नौ उपग्रहहरू अन्तरिक्षमा तैनाथ गरेको चाइना डेलीले जनाएको छ। प्रमुख व्यावसायिक रकेट निर्माता कम्पनी ’क्यास स्पेस’ द्वारा सञ्चालित यो प्रक्षेपण उत्तर–पश्चिमी चीनको गोबी मरुभूमिमा अवस्थित ज्युक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः०३ बजे भएको थियो।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, रकेटमा रहेका ६ वटा चिनियाँ बहुउद्देश्यीय उपग्रह, यूएईद्वारा सञ्चालन गरिने एउटा पृथ्वी अवलोकन उपग्रह, इजिप्टको एउटा वैज्ञानिक उपग्रह र नेपालको एउटा शैक्षिक उपग्रह सफलतापूर्वक आ–आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन्।

स्याटेलाइट प्रक्षेपणका लागि नेपालबाट स्लिपर्स टु स्याटका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीसहित चार जना चीन गएका छन् । सामान्यतया ट्युब ढाँचाको स्याटलाइट डेढ किलोग्राम भन्दा धेरै हुन पाउँदैन ।

त्यसैले स्लिपर्स टु स्याटको तौल १ किलो २० ग्राम छ । यो स्याटलाइटमा २ वटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालका वनस्पति र पानीको विवरण दिनेछ। त्यस्तै, भूकम्पको पूर्व सूचना अध्ययन गर्ने प्रविधि पनि यसमा रहेको छ ।

भूकम्प जानुअघिका सूक्ष्म तरङ्गलाई नाप्ने र जानकारी दिने प्रविधि स्याटलाइटमा रहेको छ र त्यस्तै विद्युतीय चुम्बक पनि यसमा राखिएको छ । पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ ।

स्लिपर्स टु स्याट ५ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको थियो । तर ११÷११ वर्षमा सूर्यको किरण कम चहकिलो र धेरै चहकिलो हुने चक्र चल्ने गर्छ । यस पटक सूर्यको किरण धेरै चहकिलो हुने चक्र चल्ने भएकाले स्याटलाइटमा चाँडै असर पुग्ने अनुमान छ ।

त्यसैले कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान छ । एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले यो परियोजनामा सहयोग गरेको थियो । यो परियोजनामा चितवनका चेपाङ बालबालिकालाई पनि सहभागी गराइएको थियो ।

यो स्याटलाइटबाट प्रवाह हुने डेटा संसारभर एमेचोर रेडियो फ्रिक्वेन्सीको लाइसेन्स पाएका सबैले प्राप्त गर्न र उपयोग गर्न पाउनेछन् । यस्तै यूएईको ’८१३’ नाम दिइएको उक्त उपग्रह चिनियाँ विज्ञान एकेडेमीको सांघाईस्थित सहायक संस्था ’इनोभेसन एकेडेमी फर माइक्रोस्याटेलाइट्स’ ले संयुक्त अरब इमिरेट्स विश्वविद्यालयको ’राष्ट्रिय अन्तरिक्ष विज्ञान तथा प्रविधि केन्द्र’ का लागि विकास गरेको हो।

‘८१३’ नामक उपग्रह माटो, जलवायु तथा वातावरणीय अवस्थाको अवलोकनका लागि बनाइएको हो। यसै प्रक्षेपणमार्फत चीनले ऊर्जा क्षेत्रमा प्रयोग हुने आफ्नो पहिलो रिमोट–सेन्सिङ उपग्रह ‘जिक्सिङ हाई–रिजोलुसन पनि कक्षमा पठाएको छ।

०.५ मिटरभन्दा राम्रो स्थानिक रिजोलुसनसहित, यो उपग्रहले प्रसारण लाइन र पाइलन (टावर) जस्ता विद्युत् ग्रिड संरचनाको अवस्थाको अत्यन्त सूक्ष्म निगरानी गर्न सक्षम बनाउने उल्लेख छ ।

इलेक्ट्रिक पावर इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटका अनुसार यो उपग्रहले पूर्व–पश्चिम दिशामा निरन्तर रूपमा पट्टी मोडमा अवलोकन गर्न सक्छ, जसअन्तर्गत एकैपटकमा २०० किलोमिटरभन्दा बढी प्रसारण करिडोर क्षेत्र कभर गर्न सकिन्छ ।

विद्यमान उपग्रह प्रणालीहरूको तुलना नयाँ उपग्रहले प्रसारण परियोजना सर्वेक्षण र लाइन निरीक्षणको सटीकता पाँच गुणाभन्दा बढी वृद्धि गर्ने अपेक्षा गरिएको छ।

उपग्रहले अतिद्रुत भोल्टेज परियोजना व्यवस्थापनदेखि लिएर प्रसारण नेटवर्कका वातावरणीय प्रभाव मूल्यांकन, महत्वपूर्ण ऊर्जाको करिडोर निरीक्षण, विपद् पूर्व–चेतावनी तथा विपद् पश्चात् मूल्यांकनसमेतका विभिन्न अनुप्रयोगहरूमा सहयोग पु¥याउनेछ।

Advertisement

यसै प्रक्षेपणमा पूर्वी चीनको आन्हुई प्रान्तको राजधानी हेफेई सहरको एक जिल्लाको जलस्रोत निगरानी, सहरी व्यवस्थापन तथा डिजिटल रूपान्तरणका लागि समर्पित दुईवटा रिमोट–सेन्सिङ उपग्रहहरू समेत समावेश गरिएको छ ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top