NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ? बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन बुधबार मंसिर २४ , २०८२
ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ? बुधबार मंसिर २४ , २०८२
काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता बुधबार मंसिर २४ , २०८२
पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी बुधबार मंसिर २४ , २०८२
Next
Prev

समाचार

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
Reading Time: 1 min read
A A
ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर , काठमाण्डौ ।

पृथ्वीबाट पहिलो पटक एउटा विशाल ब्ल्याक होलमा भएको विस्फोटन देखिएको छ । जसका बारेमा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । उक्त ब्ल्याक होल सूर्यभन्दा तीन करोड गुना ठूलो छ ।

खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा एक्स–रे विकिरणको चम्किलो ज्वाला निस्किएको र तुरुन्तै धमिलो हुँदै गएको पत्ता लगाएका हुन् । विकिरणका कारण उत्पन्न उज्यालो हराउने क्रममा उक्त विशालकाय ब्ल्याक होलले प्रतिसेकेन्ड ६० हजार किलोमिटरको उच्च गतिमा अन्तरिक्षमा पदार्थहरूको फोहोरा निकाल्यो ।

LS Auto

यसबारे ’एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार त्यस्तो ज्वालाका कारण उत्पन्न आँधीहरू सूर्यमा उत्पन्न हुने खालकै छन् र तिनमा ब्रह्माण्डको रहस्य बुझ्न सघाउने सङ्केतहरू लुकेका हुन सक्छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठूलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ’होल’ भए पनि त्यो ’छिद्र’ वा ’प्वाल’ चाहिँ होइन। ब्ल्याक होलहरू यति सघन हुन्छन् कि तिनबाट प्रकाश पनि उम्किन सक्दैन ।

ब्रह्माण्डमा भएका अतिरहस्यमय खगोलीय वस्तुमध्ये ब्ल्याक होलहरू पनि हुन् । ’सूपरम्यासिभ ब्ल्याक होल’हरूको पिण्डमान हाम्रो सूर्यको भन्दा हजारौँदेखि अर्बौँ गुना बढी हुन्छ । प्रायजसो सबै ठूला आकाशगङ्गाको मध्यभागमा ब्ल्याक होलहरू हुन्छन् ।

ग्यास र धुलोका घुमिरहने चक्रहरूले ब्ल्याक होललाई घेरेका हुन्छन् । आफ्नो गुरुत्वाकर्षण निकै सघन हुने भएकाले ब्ल्याक होलले ती ग्यास र धुलोका कणहरू तान्न सक्छ ।

ब्ल्याक होलले बाह्य पदार्थ “खाइदिने“ भएकाले ती चक्रहरू निकै तात्छन् र भिन्नाभिन्दै ’वेभलेन्थ’ भएको चहकिलो प्रकाश उत्सर्जन गर्छन्। त्यसरी निस्किने विकिरणमा एक्स–रे पनि हुन्छ ।

ब्ल्याक होलबाट ग्यासको फोहोरा बाहिर निस्किन्छ । त्यसलाई ’विन्ड’ अर्थात् आँधी भनिन्छ। त्यसमा आयनीकृत परमाणुहरू हुन्छन्। त्यस्ता परमाणुहरूले आकाशगङ्गामा नयाँ ताराहरूको उत्पत्तिलाई पनि प्रभावित पार्न सक्छन्।

“यति तीव्र गतिमा ब्ल्याक होलबाट आँधी निस्किएको हामीले यसअघि देखेका थिएनौँ,“ स्पेस रिसर्च अर्गनाइजेशन नेदरल्यान्ड्स (एसआरओएन)सँग आबद्ध मुख्य अनुसन्धानकर्ता लियि गूले भनेका छन् ।

अहिले अध्ययन गरिएको यो विशालकाय ब्ल्याक होल पृथ्वीबाट १३ करोड प्रकाशवर्ष टाढा एनजीसी ३७८३ नाम दिइएको एउटा चक्राकार आकाशगङ्गामा छ । अर्थात् त्यहाँबाट प्रकाश पृथ्वीसम्म आइपुग्न सामान्यतया १३ करोड वर्ष लाग्छ ।

यो अद्भुत घटना पत्ता लगाउन अनुसन्धानकर्ताहरूले सँगै काम गर्ने दुइटा टेलिस्कोप प्रयोग गरेका थिए । युरोपेली अन्तरिक्ष निकाय ईएसएको एक्सएमएम–न्यूटन टेलिस्कोपले ब्रह्माण्डभरि भएका एक्स–रे विकिरणका स्रोतहरूको अध्ययन गर्छ ।

एक्स–रे इमेजिङ एन्ड स्पेक्ट्रोस्कपी मिशन टेलिस्कोप चाहिँ जापानी अन्तरिक्ष अन्वेषण निकाय ’जाक्सा’को नेतृत्वमा सञ्चालित र ईएसए एवम् नासाको सहयोगप्राप्त परियोजनाको हो ।

विशालकाय ब्ल्याक होलबाट ऊर्जा पाउने चम्किलो क्षेत्रलाई ’एक्टिभ गल्याक्टिक न्यूक्लिअस’ (एजीएन) भनिन्छ । “एजीएनको जेलिएको चुम्बकीय क्षेत्र अकस्मात् ’फुकेपछि’ यो ब्ल्याक होलवरिपरि आँधी उत्पन्न भए जस्तो देखियो।

यो सूर्यबाट निस्किने ज्वालाजस्तै हो। तर त्यसरी निस्किएको आँधी कल्पना नै गर्न नसकिने गरी ठूलो मात्रामा थियो,“ भर्खरै प्रकाशित शोधपत्रका सहलेखक तथा ईएसए एक्सआरआईएसएम परियोजनामा संलग्न वैज्ञानिक माट्टेओ ग्वाइनाज्जी भन्छन् ।

उक्त टोलीकी सदस्य तथा ईएसएसँग आबद्ध शोधार्थी कमील डीएसका अनुसार कालान्तरमा आकाशगङ्गाहरू जुन रूपमा विकसित हुन्छन् त्यसका लागि तिनका आँधीयुक्त एजीएनहरूले “ठूलो भूमिका“ निर्वाह गरेका हुन्छन् ।

“एजीएनहरू निकै प्रभावशाली हुने भएकाले तिनको चुम्बकीय गुण अनि तिनले कसरी त्यस खालका आँधीहरू उत्पन्न गराउँछन् भन्ने कुरा ब्रह्माण्डभरि भएका आकाशगङ्गाको इतिहास बुझ्ने उपाय हो,“ उनी भन्छिन् ।

यो अनुसन्धानले ब्ल्याक होलबाट निस्किएका आँधीहरू सूर्यमा हुने ’कोरनल मास इजेक्शन’ भनिने ज्वाला विस्फोटसँग मिल्दोजुल्दो भएको देखाएको छ । सूर्यको बाह्य तहबाट चार्जयुक्त कणहरू ठूलो मात्रामा निस्किँदा तिनले पृथ्वीमा प्रभाव पनि पार्न सक्छन् ।

चार्जयुक्त पदार्थहरूका विशाल फोहोराहरू र सौर्य ज्वाला एउटै समयमा उत्पन्न हुन सक्छन् । “जेलिएको“ चुम्बकीय क्षेत्रमा सञ्चित ऊर्जा निस्किँदा उत्पन्न हुने विकिरणको विस्फोट नै सौर्य ज्वाला हो ।

“एउटा सक्रिय विशालकाय ब्ल्याक होलमा केन्द्रित भएर ती दुइटा टेलिस्कोपले यसअघि हामीले कहिल्यै नदेखेको कुरा पत्ता लगाए – तीव्र, अत्यन्त द्रुत गतिको, ज्वालाबाट उत्पन्न हुने आँधीहरू जसले सौर्य आँधीको झल्को दिन्छन्,“ ईएसए एक्सएमएम–न्यूटन परियोजनामा संलग्न वैज्ञानिक एरिक कूल्कर्स भन्छन् । “रोचक कुरा के हो भने यो खोजले सूर्य र उच्च ऊर्जासँग सम्बन्धित विज्ञान पूरै ब्रह्माण्डमा हामीले थाहा पाए जस्तै समान हुन्छ भन्ने सङ्केत गरेको छ।“

Tags: #ब्ल्याक होल#विशाल ब्ल्याक होलमा विस्फोट

लोकप्रीय

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२

विचार

थप समाचार

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?
अन्तर्राष्ट्रिय

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन
ज्ञान-बिज्ञान

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार
ताजा समाचार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.