×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

२५ मंसिर २०८२

२४ मंसिर , काठमाण्डौ ।

पृथ्वीबाट पहिलो पटक एउटा विशाल ब्ल्याक होलमा भएको विस्फोटन देखिएको छ । जसका बारेमा वैज्ञानिकहरूले पुष्टि गरेका छन् । उक्त ब्ल्याक होल सूर्यभन्दा तीन करोड गुना ठूलो छ ।

Advertisement

खगोलशास्त्रीहरूले अन्तरिक्षमा निकै टाढा एक्स–रे विकिरणको चम्किलो ज्वाला निस्किएको र तुरुन्तै धमिलो हुँदै गएको पत्ता लगाएका हुन् । विकिरणका कारण उत्पन्न उज्यालो हराउने क्रममा उक्त विशालकाय ब्ल्याक होलले प्रतिसेकेन्ड ६० हजार किलोमिटरको उच्च गतिमा अन्तरिक्षमा पदार्थहरूको फोहोरा निकाल्यो ।

यसबारे ’एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स’ जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार त्यस्तो ज्वालाका कारण उत्पन्न आँधीहरू सूर्यमा उत्पन्न हुने खालकै छन् र तिनमा ब्रह्माण्डको रहस्य बुझ्न सघाउने सङ्केतहरू लुकेका हुन सक्छन् ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठूलो परिमाणमा खाँदिएको पदार्थ हो । नाममा ’होल’ भए पनि त्यो ’छिद्र’ वा ’प्वाल’ चाहिँ होइन। ब्ल्याक होलहरू यति सघन हुन्छन् कि तिनबाट प्रकाश पनि उम्किन सक्दैन ।

ब्रह्माण्डमा भएका अतिरहस्यमय खगोलीय वस्तुमध्ये ब्ल्याक होलहरू पनि हुन् । ’सूपरम्यासिभ ब्ल्याक होल’हरूको पिण्डमान हाम्रो सूर्यको भन्दा हजारौँदेखि अर्बौँ गुना बढी हुन्छ । प्रायजसो सबै ठूला आकाशगङ्गाको मध्यभागमा ब्ल्याक होलहरू हुन्छन् ।

ग्यास र धुलोका घुमिरहने चक्रहरूले ब्ल्याक होललाई घेरेका हुन्छन् । आफ्नो गुरुत्वाकर्षण निकै सघन हुने भएकाले ब्ल्याक होलले ती ग्यास र धुलोका कणहरू तान्न सक्छ ।

ब्ल्याक होलले बाह्य पदार्थ “खाइदिने“ भएकाले ती चक्रहरू निकै तात्छन् र भिन्नाभिन्दै ’वेभलेन्थ’ भएको चहकिलो प्रकाश उत्सर्जन गर्छन्। त्यसरी निस्किने विकिरणमा एक्स–रे पनि हुन्छ ।

ब्ल्याक होलबाट ग्यासको फोहोरा बाहिर निस्किन्छ । त्यसलाई ’विन्ड’ अर्थात् आँधी भनिन्छ। त्यसमा आयनीकृत परमाणुहरू हुन्छन्। त्यस्ता परमाणुहरूले आकाशगङ्गामा नयाँ ताराहरूको उत्पत्तिलाई पनि प्रभावित पार्न सक्छन्।

“यति तीव्र गतिमा ब्ल्याक होलबाट आँधी निस्किएको हामीले यसअघि देखेका थिएनौँ,“ स्पेस रिसर्च अर्गनाइजेशन नेदरल्यान्ड्स (एसआरओएन)सँग आबद्ध मुख्य अनुसन्धानकर्ता लियि गूले भनेका छन् ।

अहिले अध्ययन गरिएको यो विशालकाय ब्ल्याक होल पृथ्वीबाट १३ करोड प्रकाशवर्ष टाढा एनजीसी ३७८३ नाम दिइएको एउटा चक्राकार आकाशगङ्गामा छ । अर्थात् त्यहाँबाट प्रकाश पृथ्वीसम्म आइपुग्न सामान्यतया १३ करोड वर्ष लाग्छ ।

यो अद्भुत घटना पत्ता लगाउन अनुसन्धानकर्ताहरूले सँगै काम गर्ने दुइटा टेलिस्कोप प्रयोग गरेका थिए । युरोपेली अन्तरिक्ष निकाय ईएसएको एक्सएमएम–न्यूटन टेलिस्कोपले ब्रह्माण्डभरि भएका एक्स–रे विकिरणका स्रोतहरूको अध्ययन गर्छ ।

एक्स–रे इमेजिङ एन्ड स्पेक्ट्रोस्कपी मिशन टेलिस्कोप चाहिँ जापानी अन्तरिक्ष अन्वेषण निकाय ’जाक्सा’को नेतृत्वमा सञ्चालित र ईएसए एवम् नासाको सहयोगप्राप्त परियोजनाको हो ।

विशालकाय ब्ल्याक होलबाट ऊर्जा पाउने चम्किलो क्षेत्रलाई ’एक्टिभ गल्याक्टिक न्यूक्लिअस’ (एजीएन) भनिन्छ । “एजीएनको जेलिएको चुम्बकीय क्षेत्र अकस्मात् ’फुकेपछि’ यो ब्ल्याक होलवरिपरि आँधी उत्पन्न भए जस्तो देखियो।

यो सूर्यबाट निस्किने ज्वालाजस्तै हो। तर त्यसरी निस्किएको आँधी कल्पना नै गर्न नसकिने गरी ठूलो मात्रामा थियो,“ भर्खरै प्रकाशित शोधपत्रका सहलेखक तथा ईएसए एक्सआरआईएसएम परियोजनामा संलग्न वैज्ञानिक माट्टेओ ग्वाइनाज्जी भन्छन् ।

उक्त टोलीकी सदस्य तथा ईएसएसँग आबद्ध शोधार्थी कमील डीएसका अनुसार कालान्तरमा आकाशगङ्गाहरू जुन रूपमा विकसित हुन्छन् त्यसका लागि तिनका आँधीयुक्त एजीएनहरूले “ठूलो भूमिका“ निर्वाह गरेका हुन्छन् ।

“एजीएनहरू निकै प्रभावशाली हुने भएकाले तिनको चुम्बकीय गुण अनि तिनले कसरी त्यस खालका आँधीहरू उत्पन्न गराउँछन् भन्ने कुरा ब्रह्माण्डभरि भएका आकाशगङ्गाको इतिहास बुझ्ने उपाय हो,“ उनी भन्छिन् ।

यो अनुसन्धानले ब्ल्याक होलबाट निस्किएका आँधीहरू सूर्यमा हुने ’कोरनल मास इजेक्शन’ भनिने ज्वाला विस्फोटसँग मिल्दोजुल्दो भएको देखाएको छ । सूर्यको बाह्य तहबाट चार्जयुक्त कणहरू ठूलो मात्रामा निस्किँदा तिनले पृथ्वीमा प्रभाव पनि पार्न सक्छन् ।

चार्जयुक्त पदार्थहरूका विशाल फोहोराहरू र सौर्य ज्वाला एउटै समयमा उत्पन्न हुन सक्छन् । “जेलिएको“ चुम्बकीय क्षेत्रमा सञ्चित ऊर्जा निस्किँदा उत्पन्न हुने विकिरणको विस्फोट नै सौर्य ज्वाला हो ।

Advertisement

“एउटा सक्रिय विशालकाय ब्ल्याक होलमा केन्द्रित भएर ती दुइटा टेलिस्कोपले यसअघि हामीले कहिल्यै नदेखेको कुरा पत्ता लगाए – तीव्र, अत्यन्त द्रुत गतिको, ज्वालाबाट उत्पन्न हुने आँधीहरू जसले सौर्य आँधीको झल्को दिन्छन्,“ ईएसए एक्सएमएम–न्यूटन परियोजनामा संलग्न वैज्ञानिक एरिक कूल्कर्स भन्छन् । “रोचक कुरा के हो भने यो खोजले सूर्य र उच्च ऊर्जासँग सम्बन्धित विज्ञान पूरै ब्रह्माण्डमा हामीले थाहा पाए जस्तै समान हुन्छ भन्ने सङ्केत गरेको छ।“

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top