NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ? शुक्रबार मंसिर २६ , २०८२
अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ? शुक्रबार मंसिर २६ , २०८२
नेपाल प्रहरीले माग्यो २१ इन्सपेक्टर र ४३८ असई शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

शुक्रबार मंसिर २६ , २०८२
Reading Time: 1 min read
A A
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ मंसिर , काठमाण्डौ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल भोलि हुँदैछ । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे हुने फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।

पहिलो क्वालिफायरमा गएको मंगलबार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । लुम्बिनीले दोस्रो क्वालिफायरमा हिजो विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

LS Auto

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो ।

गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ । गएको संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक उपाधी जित्ने दाउमा छ ।

लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । यस सिजन विराटनगर किंग्सलाई पनि उपाधि दाबेदारका रुपमा हेरिएको थियो । तर रोचक के रह्यो भने दुई क्वालिफायरबाट हार भोगेको विराटनगरले दुवै खेलमा सय रन कटाउन सकेन ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७८ रनमा समेटिएको विराटनगर दोस्रो क्वालिफायरमा लुम्बिनीसँग ९४ रनमा समेटिएको हो । बलिङ युनिटले महत्त्वपूर्ण जिम्मेवारी पूरा गरे पनि फाइनल पुग्नबाट विराटनगर रोकिनुमा ब्याटिङ लाइनको कमजोरी प्रमुख कारण बनेको छ ।

प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो । यता समूह चरणमा एउटा मात्र हारको सामना गरेको सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा छ ।

अर्कातर्फ लिग चरणका सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेर अन्तिममा जित्नै पर्ने दबाबपूर्ण ६ खेलमा सबै जित निकाल्दै फाइनल पुगेको लुम्बिनीका कप्तान रोहितकुमार पौडेल हुन् ।

रोहित राष्ट्रिय टिमका कप्तान हुन् भने दीपेन्द्र उपकप्तान हुन् । त्यसैले अब भोली कप्तान र उपकप्तानको भिडन्तलाई धेरै चासोका रुपमा हेरिएको छ । लुम्बिनीले दोस्रो क्वालिफायरसमेत गरी लगातार पाँच जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो ।

लिग चरणको खेल सकिँदा सात खेलमा चार जित दर्ता गर्दै प्लेअफमा पुगेको लुम्बिनी लायन्सले एलिमिनेटर र दोस्रो क्वालिफायर चरण पार गर्दै फाइनलमा स्थान बनाउँछ भनेर निकै कमले सोचेका थिए ।

एनपीएलका समर्थकहरूले पनि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सको लिग चरणको खेल हेरेर यी दुईको फाइनल हुने अड्कलबाजी गरेका थिए । तर हरेक अड्कल र अपेक्षा विपरीत लुम्बिनी लायन्सले फाइनलमा स्थान बनाएको हो ।

काठमान्डु गोर्खाज र विराटनगर किंग्सलाई पाखा लगाउँदै लुम्बिनी लायन्सले फाइनलको यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई हराएपछि लुम्बिनी लायन्सका ओपनिङ ब्याटर डार्सी सर्टले भन्छन्, ‘हाम्रो लागि गुमाउनु केही पनि छैन । प्रेसर सुदूरपश्चिम रोयल्सलाई हुनेछ।’

उनले लुम्बिनी लायन्सलाई ‘अन्डरडग’को रूपमा आएको टिम भएकाले प्रेसर नहुने बताएका छन् । ‘हामीलाई अन्डरडगको रुपमा हेरिएको थियो। हामी जसरी खेल्यौं, त्यस हिसाबले कुनै पनि प्रेसर हुने छैन। आशा छ हामीले यस्तै खेल्छौ र ट्रफी पनि जित्नेछौँ।’

हुन पनि लिग चरणको उतारचढाव र त्यसपछि लगातारको जितसँगै लुम्बिनीको मानसिकता भने बलियो रहेको छ । लिग चरणको तालिकामा आफूभन्दा माथि रहेका दुई टोलीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएकाले लुम्बिनी फाइनल खेलमा पनि उपाधिमै आफ्नो नजर राख्नेछ ।

तर सुदूरपश्चिमलाई हराउन निकै नै मेहेनेत गर्नुपर्ने हुन्छ । सिजनभर एक खेलमात्र हारेको रोयल्स सुदूरपश्चिमको बाघजस्तै बनेको छ । मैदानमा शिकार कसरी गर्ने भनेर उसका रणनीतिहरुले अहिलेसम्म साथ दिइरहेका बेला फाइनलमा उपाधि घर लैजानेमा उ ढुक्क छ ।

त्यसैले भोलीको फाइनल निकै नै प्रतिस्पर्धात्मक र रोचक हुनेछ । यस्तै भोली एपिएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो भएको विराटनगरले २५ लाख र चौथो भएको काठमाडौं गोर्खाजले १५ लाख प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट नेपाली खेलाडीलाई प्रदान गरिने कारका लागि पाँच जना दाबेदार रहेका छन् । जसमा फाइनल खेल मात्रै बाँकी रहँदा तीन जना ब्याटर उत्कृष्ट खेलाडीका लागि दाबेदार छन् ।

तर, सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा रहेका एडम रोसिङटनको टोली पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरिसकेको छ । उनी इङ्ल्यान्डका खेलाडी हुन् । त्यसैले सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो र तेस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी र लुम्बिनी लायन्सका रोहित पौडेल दाबेदार बनेका हुन् ।

बलरतर्फ पनि सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष तीन स्थानमा रहेका विराटनगर किंग्सका सन्दीप लामिछाने, सुदूरपश्चिमका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्ल छन् ।

सन्दीपको टोली विराटनगर दुवै क्वालिफायरमा पराजित हुँदै प्रतियोगितबाट बाहिरिइसकेको छ भने अविनाशको सुदूरपश्चिम र शेरको लुम्बिनी उपाधिको दौडमा छ । ब्याटिङ र बलिङमा यी पाँच जनालाई पछ्याइरहेका अन्य नेपाली खेलाडी धेरै पछाडि छन् ।

उनीहरूका टोली पनि प्रतियोगिताबाट बाहिरिइसकेका छन्। एनपीएलमा कारको दाबेदारमध्ये पहिलो नम्बरमा छन्, विनोद भण्डारी । सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याटर भण्डारी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन् ।

उनले आठ खेलमा दुई सय ६४ रन बनाएका छन् । पहिलो नम्बरमा रहेका पोखरा एभेन्जर्सका एडम रोसिङटनले तीन सय २३ रन बनाएका छन् । एनपीएलमा विनोदले दुई वटा अर्धशतक बनाएका छन् ।

दुवै पटक प्लेअर द म्याच भएका छन्। एनपीएलमा दुई अर्धशतक बनाउने अर्का नेपाली खेलाडी पोखराका कुशल भुर्तेल मात्रै हुन् । कारका अर्का दाबेदार हुन्, रोहित पौडेल । लुम्बिनी लायन्सका कप्तान रोहित सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् ।

उनले नौ खेलमा दुई सय ६० रन बनाएका छन् । उनको सर्वाधिक स्कोर ४९ रन हो । लुम्बिनीका लागि पाँचौ खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दा रोहित प्लेअर अफ द म्याच भएका थिए ।

यस्तै सातौं खेलमा जनकपुरविरुद्ध ३४ रन बनाएर उनी प्लेअर अफ द म्याच भएका थिए । विराटनगर किंग्स दोस्रो क्वालिफायरमा पराजित भए पनि कप्तान सन्दीप लामिछाने कारको दाबेदार छन् ।

उनले नौ खेलमा १७ विकेट लिएका छन्। सर्वाधिक विकेट लिनेको सूचीमा उनी शीर्षस्थानमा छन् । एनपीएलमा ३६ ओभर बलिङ गरेका सन्दीपले एक सय ७७ रन मात्रै खर्चेका छन् । उनले औषतमा प्रतिओभर ४.९१ का दरले रन दिएका छन् भने औषतमा १०.४१ प्रतिशतका दरले विकेट लिएका छन् ।

एनपीएलमा उनले जनकपुरविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । चार ओभर बलिङ गर्दा ११ रन खर्चेर चार विकेट लिएका थिए । त्यस खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए । एक खेलबाहेक उनले आठ खेलमा विकेट लिएका छन् ।

कारको दाबेदारका रुपमा रहेका अर्का बलर हुन्, अविनास बोहरा । सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलका अविनाश सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो नम्बरमा छन् ।

उनले आठ खेलमा १६ विकेट लिएका छन् । उनले जनकपुर बोल्टसविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो खेलमा चार ओभर बलिङ गरेका अविनाशले ३० रन खर्चेर चार विकेट लिएका थिए । अविनाशको एनपीएल यात्रा सम्झनलायक बनेको छ। उनले सबै खेलमा विकेट लिएका छन् ।

यस सिजन चम्किएका युवा बलर शेर मल्ल पनि कारको दाबेदार छन् । लुम्बिनी लायन्सको भरपर्दो खेलाडी शेर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् ।

शेरले काठमाडौं गोर्खाजविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिएका थिए । लुम्बिनीले काठमाडौँलाई चार विकेटले पराजित गरेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए ।

यस्तै विराटनगरविरुद्ध तीन विकेट लिएको छैटौं खेलमा उनी प्लेअर अफ द म्याच पनि भएका थिए । सातौँ खेलमा जनकपुरविरुद्ध दुई विकेट लिएर उनले लुम्बिनीलाई प्लेअफमा पुग्न सघाएका थिए ।

आठौं खेल अर्थात प्लेअफमा काठमाडौँविरुद्ध तीन विकेट लिएका थिए । काठमाडौँलाई चार विकेटले हराएर लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको खेलमा उनी प्लेअर अफ द म्याच भएका थिए ।

बिहीबार भएको विराटनगरविरुद्धको दोस्रो क्वालिफायरमा पनि उनले एक विकेट लिए भने सात रन बनाए । कारको दाबेदार रहेका पाँच खेलाडीमध्ये सुदूरपश्चिमका विनोद र अविनाश तथा लुम्बिनीका रोहित र शेरको प्रदर्शन उपाधि जित्नका लागि दुवै टोलीलाई महत्त्वपूर्ण हुनेछ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले गत वर्षको एनपीएलमा उत्कृष्ट खेलाडी बन्दै कार जितेका थिए ।

Tags: #नेपाल प्रिमियर लिग#नेपाल प्रिमियर लिग (एनपीएल)#नेपाल प्रिमियर लिगको फाइनल खेल

लोकप्रीय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

शुक्रबार मंसिर २६ , २०८२
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

शुक्रबार मंसिर २६ , २०८२
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२

थप समाचार

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

शुक्रबार मंसिर २६ , २०८२
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?
ताजा समाचार

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

अब फाइनलको पर्खाइ, नयाँ च्याम्पियन सुदूरपश्चिम कि लुम्बिनी ?

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ?

शुक्रबार मंसिर २६ , २०८२
धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

धुर्मुस सुन्तलीले छोरीसहित नेपाल छाडे,अब फर्किन्छन्, फर्किदैनन् ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.