×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

४ पुस , काठमाण्डौ ।

युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ कतारमा हुने भएको छ । यी दुई टोली आगामी मार्चमा कतारमा आमनेसामने हुने भएका हुन् । युरोपेली फुटबल निकाय युइएफएले बिहीबार यसको घोषणा गरेको हो ।

Advertisement

दुई महादेशीय च्याम्पियनबीचको यो प्रतिस्पर्धा सन् २०२१ मा पुनः सुरु गरिएको थियो । युइएफए र दक्षिण अमेरिकी फुटबल महासंघले फिफाको दुई वर्षे विश्वकप आयोजना गर्ने योजनाको कडा विरोध गरेका थिए ।

सन् २०२२ को फिनालिसिमा खेलमा लिओनल मेसीको अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गरेको थियो । अब अर्जेन्टिना पुनः कतारको लुसाइल स्टेडियममा फर्कनेछ । यही स्टेडियमा उसले तीन वर्षअघि विश्वकपको उपाधि जितेको थियो ।

यो खेल सन् २०२६ मार्च २७ मा आयोजना हुनेछ र स्थानीय समय अनुसार राति ९ बजे किक–अफ हुनेछ । स्पेन र अर्जेन्टिना अहिलेसम्म १४ पटक भेट भएका छन्। दुवै टोलीले समान रूपमा ६–६ खेल जितेका छन् ।

मार्च २७ मा हुने खेलमा मेस्सीले पहिलोपटक बार्सिलोनाका उदाउँदा स्टार लामिन यमलसँग सामना गर्न सक्ने सम्भावना पनि छ । अर्जेन्टिना हालको फाइनलिसिमा डिफेन्डिङ च्याम्पियन पनि हो ।

उसले सन् २०२२ मा लन्डनको वेम्ब्ली स्टेडियममा इटालीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको थियो । त्यसअघि सन् १९९३ मा पनि अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टीमा हराउँदै फाइनलिसिमा जितेको थियो ।

१९९३ पछि यो प्रतियोगिता २०२२ सम्म आयोजना भएको थिएन । फाइनलिसिमा इतिहासमा फ्रान्सले पनि एकपटक उपाधि जितेको छ । फ्रान्सले सन् १९८५ मा उरुग्वेलाई पराजित गर्दै यो ट्रफी जितेको थियो ।

यसैबीच अब्देररज्जाक हमेद अल्लाहले दुई गोल गर्दै मोरोक्कोलाई अरब कपको उपाधि दिलाएका छन् । लुसाइल स्टेडियममा बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले हराएको हो ।

हमेद अल्लाहले ८८औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याए । त्यसपछि उनले नै १००औं मिनेटमा निर्णायक गोल गर्दै अफ्रिका कप अफ नेसन्सअघि मोरोक्कोलाई उपाधि दिलाए ।

फाइनल खेलको सुरुआतमै मोरोक्कोले अग्रता लिएको थियो । खेलको चार मिनेट नपुग्दै ओसामा तन्नानेले सेन्टर लाइन पछाडिबाट सानदार प्रहार गर्दै गोल गरेका थिए । जोर्डनका अली ओल्वानले ४८औं मिनेटमा हेडरमार्फत बराबरी गोल गरे ।

६८औं मिनेटमा पेनाल्टीमार्फत उनले नै जोर्डनलाई २–१ को अग्रता दिलाएका थिए । तर, अन्तिम क्षणमा हमेदले खेल मोरोक्कोको पक्षमा मोडेका हुन् । यता रास्मुस होइलुन्डको उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ सिरी ‘ए’ च्याम्पियन नापोलीले एसी मिलानलाई २–० ले पराजित गर्दै बिहीबार इटालियन सुपर कपको फाइनलमा स्थान बनाएको छ ।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी होइलुन्डले एक गोलमा असिस्ट गरे भने अर्को गोल आफैंले गर्दै नापोलीलाई सोमबार हुने फाइनलमा पु¥याए । फाइनलमा नापोलीले शुक्रबार हुने इटालियन कप विजेता बोलोन्या र सिरी ‘ए’ उपविजेता इन्टर मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

साउदी अरेबियामा आयोजना भइरहेको इटालियन सुपर कपमा गत सिजनको सिरी ‘ए’ र इटालियन कपका विजेता तथा उपविजेताहरू सहभागी हुन्छन् । मिलान भने इटालियन कप फाइनलमा बोलोन्यासँग पराजित भएको थियो ।

गत सिजन इटालियन सुपर कप जितेको मिलानले यस खेलमा पछाडिको भागमा अरबी अक्षरमा नाम लेखिएको विशेष जर्सी लगाएको थियो । दुवै टोली धेरै चोटका समस्यासँग जुधिरहेका थिए।

तर, नापोलीले अगस्टमा मांसपेशी च्यातिएपछि बाहिर रहेका रोमेलु लुकाकुलाई पहिलोपटक टोलीमा फर्काएको थियो। सम्भावित पेनाल्टीको अवस्थाका लागि समावेश गरिएका लुकाकु बेन्चमै रहे र दुवै गोलमा उत्सव मनाएका थिए ।

नापोलीले पहिलो हाफ सकिनुअघि अग्रता लियो। मिलानका गोलकिपर माइक मैन्यानले होइलुन्डको लोअर क्रसलाई औंलाको टुप्पो लगाए पनि बल झन् डेविड नेरेसको बाटोमा पुग्यो, जसलाई उनले ब्याक पोस्टमा सजिलै गोलमा परिणत गरे ।

Advertisement

६४औं मिनेटमा होइलुन्डले आफैं गोल गर्दै स्कोर २–० बनाए। लियोनार्डो स्पिनाज्जोलाको थ्रु बलमा उनले एङ्गलबाट प्रहार गर्दै गोल गरेका थिए। स्पिनाज्जोलाले नै पहिलो गोलमा पनि होइलुन्डलाई पास दिएका थिए ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top