×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

२३ चैत्र २०८२

२३ चैत , काठमाण्डौ।

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुलेका छन् र बेलुकी ५ बजेसम्म सेवा दिनेछन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् । यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो ।

Advertisement

May be an image of one or more people, street and text that says 'TimesNepalTimes Times Times Nepal'

जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

May be an image of one or more people, car, road, street and text

यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ । योसँगै शैक्षिक प्रतिष्ठानबाहेक सरकारी कार्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ड्युटी तय भएको छ । सरकारी कार्यालयमा ९ बजे पुग्नु पर्ने नियमपछि आज बिहानै काठमाडौँसहित देशभरका सरकारी कर्मचारीहरु कार्यालय पुग्न हतारिएका थिए ।

May be an image of one or more people, motorcycle, scooter, street, road and text

काठमाडौँको सिंहदरबार लगायतका सरकारी कार्यालयमा ८ बजे देखि नै कर्मचारी आउने चहलपहल सुरु भएको थियो । अमेरिका–इरानयुद्ध र त्यसबाट सिर्जिन इन्धन संकटको अवस्थामा सरकारले दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको हो । हप्ताको छ दिनको साटो पाँच दिन कार्यालय खुल्ने तर अवधि भने लम्ब्याउने रणनीतिका साथ सरकारले आज (सोमबारदेखि) नै लागू हुने गरी कार्यालय समय परिवर्तन र सार्वजनिक विदाको घोषणा गरेको हो ।

May be an image of motorcycle, scooter and text

नेपालमा सार्वजनिक र सेवा क्षेत्रमा सातामा ४० घण्टासम्म काममा लगाउने अभ्यास चलिरहेको छ । अहिले दैनिक ७ घण्टा र शुक्रबार ५ घण्टा गरी ४० घण्टा कार्यालय समय तोकिएको थियो । अब भने दैनिक ८ घण्टाका दरले पाँच दिन काम गरे हुने व्यवस्था गरिएको हो ।

May be an image of one or more people and street

सरकारले निर्णय गरेसँगै देशभरका न्यायालयहरुले पनि सोमबारदेखि विहान ९ बजे नै कार्यालय खुल्ने सूचना निकालेका छन् । सुरक्षा निकाय र त्यहाँबाट हुने औपचारिक कामकारबाहीको समयतालिका पनि अब बदलिनेछ । सेवामूलक निजी क्षेत्रले पनि समय तालिका परिवर्तन गर्नेछन् ।

May be an image of one or more people, motorcycle, scooter, street and text that says 'BAA7504 ቄ AA7504 ሀ'

तर, शैक्षिक निकायहरुको बारेमा भने स्पष्ट खाका आइसकेको छैन । अनौपचारिक प्रकृतिको श्रम खपत गर्ने क्षेत्रमा हुने समय व्यवस्थाको टुंगो लागिसकेको छैन । सरकारी कार्यालय बिहान ९ देखि साँझ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।

May be an image of one or more people, street and text that says 'ា esNepa NepalT'

त्यसअघि २०४८ सालको प्रशासन सुधार आयोगले कर्मचारीहरुको कामको प्रभावकारिता बढाउन र ट्राफिक व्यवस्थापन गर्न सातामा पाँच दिन कार्यालय समय तोक्नुपर्ने सुझाव दिएको थियो । कांग्रेस नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले २०५६ सालमा यो खालको अभ्यास गरेको थियो ।

May be an image of one or more people and hospital

१ साउन, २०५६ बाट सुरु भएको दुई दिन बिदाको अभ्यास काठमाडौं उपत्यकामा मात्रै लागू भएको थियो । त्यतिबेला दुई दिने बिदाको अवधारणा सेवा प्रवाह र सेवाग्राहीको सहजताका लागि कार्यान्वयन गरिएको थियो । त्यतिबेला करिब दुई वर्ष दुई दिने बिदाको अभ्यास कार्यान्वयन भयो ।

May be an image of one or more people and streetशेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला २०७९ सालमा दोस्रोपटक दुई दिन विदाको अभ्यास फेरि सुरु भयो । १ जेठ, २०७९ मा देउवा सरकारले बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो । व्यापार घाटा भएको र नेपालमा विदेशी मुद्राको सञ्चिति कम भएका बेला सुरु गरिएको त्यो अभ्यासको उद्देश्य इन्धनको खपत घटाउनु थियो ।

May be an image of one or more people, motorcycle, scooter, road and text

करिब एक महिनामै त्यतिबेलाको अभ्यास कार्यान्वयन हुन सकेन । अरु मुलुकहरुले दुई दिनको बिदालाई वर्षौंदेखि अंगिकार गरे पनि नेपालमा भने यसलाई संकट समाधानको उपायको रुपमा अवलम्बनको प्रयास गरेको देखिन्छ । इन्धन संकट, ट्राफिक जामको समस्या बढेमा मात्रै समाधानका लागि नेपालमा दुई दिने बिदाको अवधारणा कार्यान्वयनमा ल्याउने गरिएको छ ।

May be an image of one or more people and textयससंगै नेपाल आयल निगमले एक दिनमा १ अर्ब रुपैयाँबराबरको इन्धन बचत गर्ने भएको छ । अमेरिका–इजरायल–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यका कारण नेपाल आयल निगमले लागत मूल्यअनुसार स्वचालित मूल्य प्रणालीको आधारमा मूल्य समायोजन गर्न नसक्दा दैनिक करिब १ अर्ब रुपैयाँबराबरको घाटा व्यहोर्दै आएको थियो ।

अन्य मुलुकले इन्धनको बढ्दो मूल्यबाट जोगिन सातामा दुईदेखि तीन दिन बिदा, स्कुल–कलेज बिदा र घरबाट सरकारी कामकाजको थालनी गर्दै गर्दा नेपाल सरकारले सोमबारदेखि लागू हुने गरी सरकारी कार्याल, शैक्षिक संस्थामा शनिबारबाहेक आइतबार पनि अतिरिक्त सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

May be an image of one or more people and street

यसबाहेक इन्धनको खपत घटाउन सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुँदै आएका सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ । शनिबारजस्तै आइतबार पनि अब सरकारी कार्यालयसहित शैक्षिक संस्था बन्द रहनेछन् । दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने अपेक्षा सरकारको छ ।

May be an image of one or more people, road and street

सरकारको यो निर्णयका कारण नेपाल आयल निगमले एक दिनमा मात्रै १ अर्ब ४ करोड २४ लाख २५ हजार रुपैयाँबराबर इन्धन जोगाउने भएको छ । यसबाहेक इन्धन बिक्री गरेर व्यहोर्दै आएको घाटा पनि कम हुनेछ । यता सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् ।

May be an image of one or more people and street

सरकारको निर्णयसँगै नेपाल राष्ट्र बैंक पनि सरकारी कार्यालय नै भएकाले सरकारकै निर्णयअनुसार नै २ दिन बिदा हुने राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल बताउँछन् । सरकारको निर्णयको प्रति पर्खिरहेको भन्दै निर्णयको आधिकारिक सूचना आएपछि राष्ट्र बैंकले निर्णय गर्ने उनले बताए ।

May be an image of one or more people, bicycle, street, road and text

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन नम्बर १४ मा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बिदा गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक बिदा भएको समयमा कारोबार सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ ।

May be an image of one or more people, street and textयस आधारमा राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बन्द हुने देखिन्छ । राष्ट्र बैंक बिदाको दिनमा राष्ट्र बैंकलाई लिखित जानकारी गराएर मात्रै बैंकिङ सेवा दिनुपर्ने भएकाले सीमित कर्मचारीबाट प्रवाह हुने केही काउन्टर र डिजिटल बैंकिङ सेवा बाहेक अन्य सेवा बन्द हुने राष्ट्र बैंकका प्रवक्ता पौडेल बताउँछन्।

May be an image of one or more people and text

राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बिहान १०ः०० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंकहरूले आवश्यक विभाग तथा कार्यालय सञ्चालन गरी सेवा सुचारु गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख छ ।

May be an image of one or more people

Advertisement

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्बन्धित खबरहरु

Scroll to Top