×

NEPAL TIMES UPDATES

Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026
Playing
साउदीलाई जोगाउन पाकिस्तानले पठायो लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक|| Nepal Times
May 19, 2026
Playing
आज दिउँसै लालटिन बालेर वकिलहरुको प्रर्द शन || Nepal Times
May 19, 2026
Playing
वीरगञ्जबाट किन रातारात प क्राउ परे दुर्गा प्रसाईं ? || Nepal Times
May 19, 2026
Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026

इमरानको सरकार अमेरिकाले ढालेको थियो, दस्ताबेज बाहिरियो

५ जेष्ठ २०८३

५ जेठ , काठमाण्डौ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तत्कालीन सरकार ढलेको विषयमा नयाँ दाबी सार्वजनिक गरिएको छ । खोज पत्रकारिता गर्ने समाचार संस्था अमेरिकी मिडिया ड्रप साइट न्युजले एक उच्चस्तरीय पाकिस्तानी कूटनीतिज्ञको वर्गीकृत कूटनीतिक टेलिग्राम सार्वजनिक गर्दै इस्लामाबादमा इमरान नेतृत्वको सरकार ढाल्न अमेरिका समर्थित कथित षड्यन्त्र भएको बलियो संकेत रहेको जनाएको छ ।

Advertisement
Advertisement

भारतको टाइम्स अफ इन्डियाले पनि उक्त दाबीबारे समाचार प्रकाशन गरेको छ । सन् २०२२ मार्च ७ को उक्त गोप्य कूटनीतिक ‘साइफर’ (गोप्य सन्देश)लाई राजनीतिक उथलपुथलमा अमेरिकी संलग्नताको कथित प्रमाणका रूपमा हेरिएको छ । पश्चिम एसियामा जारी संकटको समयमा अमेरिका र इरानबीच मध्यस्थता गर्ने पाकिस्तानको प्रयासबीच उक्त घटनाक्रम पुनः चर्चामा छ ।

योसँगै पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध फेरि केन्द्रविन्दुमा पुगेको छ । पाकिस्तानमा हाल इमरानका राजनीतिक प्रतिद्वन्द्वी शहबाज शरीफ नेतृत्वको सरकार छ । देशको शक्तिशाली सैन्य संस्थापनको नेतृत्व सेना प्रमुख आसिम मुनीरले गरिरहेका छन् । मुनीरलाई इमरानका प्रमुख विरोधीमध्ये एकका रूपमा पनि हेरिन्छ ।

‘आई–०६७८’ नम्बरको उक्त कूटनीतिक केबल अमेरिकाका निम्ति पाकिस्तानका तत्कालीन राजदूत असद मजिद खानले दक्षिण तथा मध्य एसियाका लागि तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको लन्च बैठकपछि इस्लामाबाद पठाएको जनाइएको छ । उक्त दस्ताबेजअनुसार, लुले इमरानको विदेश नीति, विशेष गरी रुस–युक्रेन युद्धप्रतिको अडानबारे चिन्ता व्यक्त गरेका थिए ।

केबलका अनुसार, लुले भनेका थिए, “यहाँका मानिस युक्रेनको विषयमा पाकिस्तानले किन यस्तो आक्रामक रूपमा तटस्थ अडान लिइरहेको छ भन्नेमा निकै चिन्तित छन् । यदि, यस्तो अडान सम्भव नै छ भने पनि हामीलाई यो तटस्थ अडानजस्तो लागिरहेको छैन ।”

दस्ताबेजमा लुले संसद्मा अविश्वासको प्रस्तावमार्फत इमरानलाई हटाइएमा वासिङटनको चिन्ता कम हुन सक्ने संकेत गरेको उल्लेख छ । केबलका अनुसार, लुले भनेका थिए, “मलाई लाग्छ, यदि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भयो भने वासिङ्टनमा सबै कुरा माफ गरिनेछ, किनभने रुस भ्रमणलाई प्रधानमन्त्रीको एकल निर्णयका रूपमा हेरिएको छ । अन्यथा, मलाई लाग्छ, आगामी दिनहरू कठिन हुनेछन् ।”

यी टिप्पणीलाई भ्लादिमिर पुटिन र रुससँगको निकटताका कारण वासिङ्टनभित्र इमरानविरुद्ध भावना रहेको स्पष्ट संकेतका रूपमा व्याख्या गरिएको थियो । केबलसँग संलग्न आफ्नो मूल्यांकनमा राजदूत असद मजिद खानले लेखेका थिए, “लुले ह्वाइट हाउसको स्पष्ट स्वीकृतिबिना यति कडा कूटनीतिक सन्देश दिन सक्ने थिएनन् । र, पाकिस्तानको आन्तरिक राजनीतिक प्रक्रियाबारे अनधिकृत रूपमा टिप्पणी गरेका छन् ।”

उक्त केबललाई ‘गोप्य’ र ‘वितरण नगर्नू’ भनेर चिन्ह्ति गरिएको थियो । त्यसमा उल्लिखित बैठक भएको केही सातापछि सन् २०२२ अप्रिल ९ मा अविश्वासको प्रस्तावमार्फत इमरान खानलाई सत्ताबाट हटाइएको थियो । उनी सन् २०२३ देखि जेलमा छन् । र, हाल एकान्त कारावासमा राखिएको जनाइएको छ ।

इमरान खान र उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले विदेशी शक्ति तथा पाकिस्तानको सैन्य संस्थापनले उनलाई राजनीतिक रूपमा पाखा लगाउन मिलेर काम गरेको आरोप पटक–पटक लगाउँदै आएका छन् ।उता अमेरिकी विदेश मन्त्रालयले वासिङ्टनले खानलाई हटाउन प्रभाव पार्न खोजेको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

तर, ड्रप साइटको रिपोर्टले त्यो कूटनीतिक संवादले दुई देशबीच लामो समयदेखि जारी तनावलाई प्रतिबिम्बित गरेको उल्लेख गरेको छ । फेब्रअुरी सन् २०२२ मा इमरान खान मस्को गएका थिए । जहाँ उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता भएको थियो । त्यही समयमा रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।

उक्त भेट हुनुभन्दा केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आफ्ना पाकिस्तानी समकक्षी मोइद युसुफलाई फोन गरेर खानलाई भ्रमण रद्द गर्न मनाउन आग्रह गरेका थिए । ड्रप साइटबाट बाहिरिएको उक्त फोन संवादका विवरणअनुसार, सुलिभानले भ्रमण नगर्न चेतावनी दिँदै युक्रेन युद्धमा अमेरिकाको पक्षमा स्पष्ट रूपमा उभिन इस्लामाबादमाथि दबाब दिएका थिए ।

तर, खानले उक्त चेतावनीको बेवास्ता गरेका थिए । त्यसको केही समयपछि रुसी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको प्रस्तावमा मतदान नगरी पाकिस्तानले तटस्थ बस्ने निर्णय गरेको थियो । त्यतिबेला पाकिस्तान चीन र भारतसहितका केही देशहरूसँगै उभिएको थियो ।

ड्रप साइटका अनुसार, मस्को भ्रमण र वासिङ्टनको पक्षमा स्पष्ट रूपमा नउभिएको विषयमा आक्रोशित अमेरिकी कूटनीतिज्ञहरूले पाकिस्तानका समकक्षीहरूलाई व्यक्तिगत रूपमा दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा अघि बढ्न नसक्ने चेतावनी दिएका थिए । यही पृष्ठभूमिमा ७ मार्च २०२२ अमेरिकी र पाकिस्तानी अधिकारीबीच भएको भेटलाई रिपोर्टले निर्णायक मोडका रूपमा प्रस्तुत गरेको छ ।

रिपोर्टले ‘केबल’लाई वासिङ्टनले इस्लामाबादको नेतृत्व फेर्ने ’राजनीतिक चाहना’ व्यक्त गरेको प्रमाणका रूपमा उद्धृत गरे पनि त्यसपछिको संसदीय प्रक्रियालाई अमेरिकाले प्रत्यक्ष रूपमा निर्देश गरेको दाबी भने गरेको छैन । ९ अप्रिल २०२२ मा विपक्षी दलहरूको समर्थनमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि इमरान खान पदबाट हटाइएका थिए ।

विपक्षी दलहरूसँगको महिनौं लामो राजनीतिक टकराव र पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानसँग बढ्दो तनावको पृष्ठभूमिमा उनको बहिर्गमन भएको थियो । त्यसपछि बनेको सरकारलाई सेनाले समर्थन गरेको थियो । रिपोर्टले यो घटनालाई अमेरिका–पाकिस्तान सम्बन्धमा लामो समयदेखि जारी तनावको पृष्ठभूमिमा विश्लेषण गरेको छ ।

अफगानिस्तान, आतंकवादविरुद्धको सहकार्य र पाकिस्तानको परराष्ट्र नीतिसम्बन्धी धारणा लगायतका विषयमा दुवै देशबीच लामो समयदेखि मतभेद रहेको रिपोर्टमा उल्लेख छ । सन् २०२१ मा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि र तालिबानले सत्ता कब्जा गरेपछि यी तनावहरू थप बढेको रिपोर्टले जनाएको छ ।

जुन २०२१ मा तत्कालीन सीआईएका निर्देशक विलियम जे बन्र्स इमरान खानसँग भेट् इस्लामाबाद पुगेका थिए । तर भेट हुन सकेन । रिपोर्टका अनुसार, त्यतिबेला आतंकवादविरुद्धको अभियानका लागि सैन्य अड्डा उपलब्ध गराउन अमेरिकाले गरेको अनुरोध खान सरकारले अस्वीकार गरेको थियो ।

जसले दुई देशबीचको दूरी थप बढाएको थियो । रिपोर्टका अनुसार, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि पनि ड्रोनबाट आक्रमण गर्नका लागि आवश्यक सैन्य अड्डा उपलब्ध गराउने विषयमा छलफल गर्न बन्र्स इस्लामाबाद पुगेका थिए । तर, उनको प्रधानमन्त्री खानसँग भेट नै भएन, पाकिस्तानले सैन्य अड्डा उपलब्ध गराउन पनि मानेन । उक्त घटनाले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको रिपोर्टमा उल्लेख छ ।

ड्रप साइटको रिपोर्टअनुसार, इमरान खानलाई हटाइनुअघि पाकिस्तानको सैन्य नेतृत्वले अमेरिकी अधिकारीहरूसँग आफ्नै सम्पर्क बढाइरहेको थियो । जुलाई २०२१ मा प्रधानमन्त्री खानलाई जानकारी समेत नदिई सेनाले वासिङ्टनमा ‘लबिइङ’ गर्न सीआईएको इस्लामाबादस्थित पूर्व स्टेसन प्रमुखलाई जिम्मा दिएको थियो ।

रिपोर्टले यसलाई पाकिस्तानका जर्नेलहरूले निर्वाचित सरकारलाई ‘बाइपास’ गरेर अमेरिकासँग सम्पर्क विस्तारको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ । नयाँ सरकार बनेपछि खान नेतृत्वको सरकारले दिन अस्वीकार गरेको सहयोग इस्लामाबादले वासिङ्टनलाई दिन थालेको रिपोर्टमा उल्लेख छ ।

Advertisement
Advertisement

त्यसको केही महिनाभित्रै पाकिस्तान युक्रेनलाई हतियार सामग्री प्रमुख आपूर्तिकर्ताका रूपमा देखा परेको रिपोर्टमा भनिएको छ । बाहिरिएको केबलले ती हतियार अमेरिकी रक्षा ठेकेदार र तेस्रो देशका मध्यस्थकर्तामार्फत युक्रेन पठाइएको पनि उल्लेख गरेको छ । यसले युद्धको पहिलो वर्षमै हतियारको अभाव व्यहोरिरहेको युक्रेनलाई त्यो अभाव पूर्ति गर्न सहयोग पुगेको रिपोर्टमा विश्लेषण गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top