विराटनगर,कार्तिक १२
विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उद्वेश्यसहित आईसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आईसिटीे मिडियाको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट विराटनगरमा आईसिटी एक्स्पो हुन लागेको हो ।
लिभिङ विथ आईसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी दिएको हो ।
आयोजक समितिका अध्यक्ष राजन लम्सालले एक्स्पोमा सुचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहने जानकारी दिए । विराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय वढी स्टल रहने छन जसमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने मुख्य उद्वेश्य राखिएको अध्यक्ष लम्सालले बताए ।
आईसिटी एक्स्पो प्रचार प्रसार संयोजक पर्वतराज झाले प्रदेश नं १ अन्तर्गतका जिल्लामा सुचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा संस्थाहरुसहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने जानकारी दिए ।
एक्स्पोमा पाँच प्रतिशत कर्मशियल आईटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने पाँच प्रतिशत स्टलहरु आईटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका साइन्स एक्जिविसनका रहनेछन ।
संयोजक झाका अनुसार एक्स्पोमा स्थानीय तहका सरकारलाई समेत समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । काठमाण्डांैसहित प्रदेश नं १ र २ का २ लाखभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजक पक्षले जनाएको छ ।