×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

योजना आयोग उपाध्यक्ष नियुक्ती सँगै प्रदेश सरकार विवादमा तानियो

१४ कार्तिक २०७५

विराटनगर, कात्तिक १४
१ नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्र्मी सुबोधराज प्याकुरेललाई नियुक्ति गरेसगै राजनीतिवृतमा नयाँ तरंग पैदा भएको छ । प्रदेश सरकारले मानवअधिकारवादी संस्था इन्सेकमा सक्रिय हुँदै आएका प्याकुरेललाई राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने उपाध्यक्षमा बुधबार मन्त्री परिषदबाट निर्णय गरी आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो ।

प्रदेश सरकारको काम कार्वाही आफैंमा प्रभावकारी हुन नसकेको बेला आयोगको उपाध्यक्षमा प्याकुरलेको नियुक्तीले सरकार विवादमा तानिने देखिएको छ । विराटनगरबाट २० वर्ष अगाडि काठमाडौं बसाई सरेका प्याकुरेल वाणिज्यशास्त्रका विद्यार्थी भएपनि योजना निर्माणका विज्ञ भने होइनन् ।

Advertisement

लामो समयदेखि उनी मानवअधिकारको क्षेत्रमा एनजिओ मार्फत सक्रिय रहदै आएका छन । आर्थिक मामिलाका जानकार डा. अर्जुन बरालले प्रदेश सरकारले आयोगको उपाध्यक्षमा नियुक्ती गरेका प्याकुरेल विषय विज्ञ भन्दा पनि राजनीतिमा प्रभावको नियुक्ती भएको बताए ।

उनले भने ‘प्रदेशसरकारका मन्त्रीहरुलाई जे सहज भयो त्यही गर्नुभएको होला, तर, विषय विज्ञ भने उहाँ होइन, विज्ञलाई नियुक्ति गरेको भए राम्रो हुनेथिया ।’

जानकारका अनु्सार आर्थिक, भूगोल, कृषि, पर्यटन जस्ता क्षेत्रका विज्ञलाई आगोगमा राखिने गरिन्छ । तत्कालिन नेकपा एमाले मोरङको उपसचिव हुँदै विराटनगर उप–महानगरपालिकाको उपमेयर र संसदमा पराजित भएका प्याकुरेल २०५१ सालपछि केही समय विराटनगर जुटमिलको अध्यक्ष बनेका थिए ।

त्यसपछि काठमाडौं हान्निएका उनी त्यहीका स्थायी बासिन्दा हुन् । प्याकुरेलको परिवार तत्कालिन नेकपा एमाले निकट रहेर बारम्बार राज्यका उपल्लो पदधारण गर्ने र सेवा सुविधा प्राप्त गर्नेहरुमध्ये पर्दछन् ।

उनका दाजु सुशील प्याकुरेल इन्सेक अध्यक्ष हुँदै तत्कालिन एमालेकै सिफारिसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य र हाल दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रुपमा रहेका छन् ।

उपाध्यक्षमा सिफारिस प्याकुरेलका भाई सुमन प्याकुरेल राष्ट्रिय सभाका सदस्य छन् भने उनका भान्जा कुन्दन अर्याल प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार रहेका छन् । विज्ञ नभए पनि उच्च राजनीतिक पहुँचकै कारण प्याकुरेल योजना आयोगको उपाध्यक्ष बन्न सफल भएका हुन् ।

प्रदेश सरकारले ५ सदस्यीय योजना आयोग बनाउने भएपनि उपाध्यक्षसहित अन्य २ सदस्य मात्र नियुक्त गरेको छ । सहायक मन्त्रीसरहको सुविधा पाउने सदस्यहरुमा पाँचथरका पूर्ण लक्सम र मोरङकी मिना भण्डारी रहेका छन् ।

Advertisement

पाँचथर निवासी लक्सम बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट आर्थिक विकास विषयमा विद्यावारिधी गरिरहेका व्यक्ति हुन् भने भण्डारी मोरङ इटहराकी हुन् । एमबिए सम्मको अध्ययन गर्नुभएकी भण्डारी एडिबीको कन्सल्टेन्टको रुपमा कार्यरत रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top