×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत

२५ कार्तिक २०७५

विराटनगर, कात्तिक २५
विराटनगर,कार्तिक २५।अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि भन्दै जग्गा खरिद गरेको दुइ दशक बितिसक्न लाग्दा पनि मोरङको झापाबैजनाथपुर स्थित प्रस्तावित रंगशाला निर्माणको कामले अझै गति लिन सकेको छैन ।

गुरुयोजना अनुसार रंगशाला निर्माण भए अरबौं बजेटको आवश्यकता पर्छ । तर, सरकारले रंगशालाकै लागि भनेर वर्षमा लाखको दरले बजेट छुट्याउँछ । बजेट कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्छ, एक दुई वटा पोल, दुई चार वटा कोठा भएको भवन ठड्याँछ । उक्त संरचनाहरु पूर्णरुपमा निर्माण नगरिँदा केही वर्षपछि पुनः खण्डहर बनिरहेको छ । रंगशालामा खेलिन्छ, बाजी मारिन्छ तर यहाँ रंगशाला निर्माणमा खेलाँची गरिरहेको छ र विनियोजित बजेटमा पनि पहुँचवालाले बाजी मारिरहेको अवस्था छ ।

Advertisement

उक्त रंगशालाका लागि २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा १५ धुर जग्गा खरिद गरिएको थियो । जग्गा खरिद गरिएको दुइ दशक बित्न लाग्यो तर, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता उक्त रंगशालामा ह्याकुलाले मिचेर जबर्जस्ती खेलकुद प्रतियोगिता गराइएको भएपनि त्यसयता कुनै प्रतियोगिता भएका छैनन् । विराटनगरस्थित शहिद रंगशालालाई अभ्यास गर्ने मैदानका रुपमा मात्रै प्रयोग हुने गरी बैजनाथपुरको रंगशालामा पूर्वाधार निर्माणमा जोड दिइएको थियो ।

तर, राजनीतिक अस्थिरता समितिमा हुने खुट्टा तानातान र पहुँचमा हुनेहरुको विभेदकारी कदमका कारण यो रंगशालाको अवस्था सन्तोषजनक छैन । बैजनाथपुरको यस रंगशालालाई पूर्वाञ्चलकै नमुना र केन्द्रका रुपमा विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य हो । रंगशाला निर्माणका लागि यहाँका राजनितिक दलहरुले चासो दिएका छन्, तर भोटका लागि मात्रै । भोट माग्न वैजनाथपुर रंगशाला निर्माण गर्ने चर्का नारा र भाषण गरिन्छ तर, अहिलेको अवस्था रंगशाला गाई चरण बनेको छ, चेन्जिङ रुममा बस्तु बाँधिएको छ, ग्राउण्डमा फोहोर र बियरको बोतल लडेको भेटिन्छ ।

बजेट नै आर्थिक वर्षको अन्त्य हुने समयमा पठाउने सरकारको परिपाटि छँदैछ । त्यसमा पनि सदस्य सचिव सुनसरीबासी, खेलकुद मन्त्री पोखराबासी, मन्त्रालयका सचिव बाग्लुङ बासी भएको कारण पनि विराटनगर अर्थात् मोरङमा यस वर्ष पनि बजेट कम पारिएको यहाँका खेलप्रेमीको दाबी छ । इटहरी रंगशाला निर्माणका लागि सरकारले २१ करोड छुट्याउँदा विराटनगरको यो रंगशालाका लागि सरकारले ५० लाख मात्रै छुट्याएको छ ।

त्यहाँ निर्माण गरिएका संरचनाको कुनै लागत स्टिमेट तयार पारिँदैन । न त यहाँको आवश्यकताको आधारमा हुन्छ । तालुकदारको आदेशमा जे भन्यो त्यही हुन्छ । ‘मास्टर प्लान अनुसार काम पनि भएन । जहाँ फुटबल बनाउने भनेको छ क्रिकेट पिचिङको काम भएको छ, क्रिकेटको ठाउँमा फुटबल मैदान प्रस्ताव गरिएको छ, स्वीमिङ पुल बनाउने ठाउँमा सुटिङ रुम बनाइयो,’ पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयका प्रमुख टेकप्रसाद कट्टेलको भनाइ छ, ‘सरकार परिवर्तन भएसँगै सदस्य सचिव परिवर्तन भए । त्यसपछि योजना पनि उल्टोपुल्टो पारियो, तालुकदारहरुले निर्देशन फरक–फरक दिए ।’

कार्यालय प्रमुखको आक्रोश विकास समिति प्रति पनि लक्षित छ । ‘समितिले सशक्त पहल गर्न सकेको पनि देखिएन, अन्तिम समयमा बजेट आउँछ, ठूलो निर्माण कार्य गर्नुपर्छ तर, बजेट सानो आउँछ,’ कट्टेलले भन्नुभयो, ‘यस्तै यस्तै कुराले रंगशाला लथालिङ्ग अवस्थामा छ ।’

उक्त रंगशालामा अन्तराष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम, ४ सय मिटर ट्रयाकिङ फिल्ड, अन्तराष्ट्रिय स्तरकै फुटबल ग्राउण्ड, कबडी मैदान, हक्की, मल्टिप्रपोज कभर्ड हल, बास्केटबल, भलिबल, सुटिङ हल, सफ्ट टेनिस, स्वीमिङ पुललगायतका संरचना निर्माण गर्ने गुरुयोजना निर्माण भएको थियो । गुरुयोजना अनुसार चिल्डे«ेन पार्क, चमेना गृह, स्वीमिङ पुल र कार्यालय भवन समेत निर्माण गर्ने योजना बनाइएको छ ।

तर, गुरुयोजना अनुसार कति लागत आउँछ भन्ने विषयमा पूर्वाञ्चल खेलकुद विकास समिति पनि अनविज्ञ छ । ‘गुरुयोजना अनुसार अरबौं बजेट लाग्न सक्छ, अहिलेसम्म बजेटको ठोस प्रस्ताव गरिएको छैन,’ पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले भन्नुभयो, ‘गुरुयोजना अनुसारको काम गर्न त्यही अनुसारको लगानी आउनु प¥यो, सरकारको क्षमता छ जस्तो लाग्दैन, दाता नै गुहार्नुपर्ने देखिन्छ ।’

प्रस्तावित यस रंगशालामा भौतिक पूर्वाधार निर्माणका लागि भन्दै विभिन्न समय र चरणमा बजेट आएको छ तर पर्याप्त छैन । जग्गा घेराबारा, कम्पाउण्ड वाल, एकतले कार्यालय भवन, क्रिकेट पिच र तारजाली, प्याराफिट निर्माणमा पटक पटक केही लाख बजेट आएको छ । त्यसपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको खर्चसमेत जोड्दा हालसम्म लगभग ७ करोड बजेट खर्च भइसकेको समितिका अध्यक्ष नगरकोटीको भनाइ छ ।

तर यत्रो लगानी भइसकेको रंगशालाको कुनै सुरक्षा छैन । सुरक्षाका लागि १ जनाको परिवार राखिएको छ । त्यो पनि मासिक ३ हजार रुपैयाँ दिएर । ‘३ हजार रुपैयाँ सेवा सुविधा उपलब्ध गराएर १५ विगाहा क्षेत्रफलमा रहेको भौतिक संरचनाको सुरक्षा सम्भव छैन,’ मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्टेलको भनाई छ, ‘त्यहाँ साँच्चै सुरक्षा दिने गरी कर्मचारी राख्ने हो भने २०÷२५ जना चाहिन्छ ।’

रंगशालामा बस्तुभाउ चर्छन्, उघ्राउँछन्, बनाइएका भवनमा गाई बाँधिन्छ । एकान्तमा रमाउनेहरु रक्सी बियर लिएर आउँछन् र जथाभावि फोहोर गर्छन् । यसको नियमन र नियन्त्रण गर्न १ जनाबाट मात्रै सम्भव नहुने क्षेत्रीय अध्यक्ष नगरकोटीको पनि भनाइ छ । यस विषयमा खेलकुद विकास समितिको क्षेत्रीय कार्यालय र जिल्ला कार्यालयलाई थाहा नभएको पनि होइन । तर, बजेट छैन, योजनामा छैन, दरबन्दी छैन राष्ट्रिय खेलकुद परिषदले कर्मचारी दरबन्दी स्वीकृत पनि गरेको छैन ।

रंगशालामा केही स्थानीय युवाहरु भेला हुन्छन् । उनीहरु आफैं सफाइ गर्छन् । तर, खेलकुद विकास समितिका मान्छेहरु काहाँछन् के गर्छन् थाहा छैन भन्छन् उनीहरु । ‘शिशादेखि बस्तुहरु छाडा छोडिँदा समस्या छ, हामीलाई खेल्ने ठाउँ पनि छैन, भएको रंगशालामा बस्तुभाउ चराएर हमीलाई समस्या भएको छ,’ स्थानीय युवा सन्तोष दाहालको भनाइ छ, ‘फिल्डको समस्या समाधान भए हामी जस्ता युवाले खेल क्षेत्रमा अगाडि बढ्न सक्थे ।’

विराटनगर १ नम्बर प्रदेशको स्थायी राजधानीको दाबी गर्दै आएको शहर हो । यहाँ खेलकर्मी र खेलप्रेमीको संख्या उल्लेख्य छ । तर, रंगशाला निर्माणको कामले भने गति लिन नसक्नुको कारण गुरुयोजना बारम्बार परिवर्तन हुनु र स्वार्थ अनुकुल बजेट विनियोजन हुनु नै भएको बरिष्ठ भलिबल प्रशिक्षक वीरेन्द्र प्रसाद चौधरीको भनाइ छ ।

वैजनाथपुर रंगशालाको विकल्प विराटनगरका लागि छैन । विराटनगरमा भएको सहिद रंगशाला साँघुरो भइसकेको छ । अन्य खेलकुदका संरचना पर्याप्त छैन । निर्माण गर्ने स्थानको पनि अभाव छ । त्यस कारणपनि बैजनाथपुर रंगशालाको विकल्प नभएको क्रिकेट प्रशिक्षक प्रदीपराज पाण्डेको भनाइ छ ।

भलिबल राष्ट्रिय टिमका पूर्व कप्तान ऋषिराज आचार्य भने कसैलाई रिझाउने मात्रै काम भइरहेको तर, रंगशाला निर्माणको कामले गति लिन नसकेको दाबी गर्नुहुन्छ । ‘घरको मूली राम्रो भयो भने सबै राम्रो हुन्छ तर मूली नराम्रो भयो भने सन्तान बिग्रन्छन्,’ आचार्यको भनाइ छ, ‘रंगशालामा भ्रष्टाचार अनियमितता भएको जस्तो देखिन्छ, होइन भने यत्रो खर्च भइसक्यो उपर्युक्त संरचना केही देखिँदैन ।’

मोरङमा खेलकुदको संरचना नहुँदा निक्कै कठिनाइ छ । ‘बक्सिङको रिङ छ तर, हल छैन । कराते र ब्याडमिन्टनले एउटै ठाउँमा खेल्नुपर्ने अवस्था छ । प्रशिक्षण ग्राउण्डहरु छैनन्,’ मोरङ जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख कट्टेलको भनाइ छ, ‘मार्सल आर्टस्को १०÷१५ वटा खेल छन् ती सबै खेलको प्रशिक्षणका लागि कुनै पनि संरचना निर्माण भएको छैन ।’

Advertisement

बैजनाथपुर रंगशालाका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले ५ करोड र विराटनगर महानगरपालिकाले २ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यसका साथै ३ वर्षमा निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ १७ करोडको लागत अनुमान गरेर बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने प्रस्ताव राष्ट्रिय खेलकुद परिषदमा पेश गरिएको छ । रकम निकासा भए काम सुरु हुने कार्यालय प्रमुख टेकप्रसाद कट्टेलको भनाइ छ । करोडौं लागत भइसकेको र उपर्युक्त स्थानमा रहेको यो खेलकुद मैदानलाई व्यवस्थित गर्नु जरुरी भएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको भनाइ छ ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top