×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य

३ मंसिर २०७५

एजेन्सी,मंसिर ३
चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदै कृतिम सूर्य बनाएका छन् । कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका उनीहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् । चीनको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुनेछ ।

सौर्यमण्डलको सूर्यको केन्द्रको तापक्रम डेढ करोड डिग्री सेल्सियस छ । जबकि चीनले बनाउने नयाँ सूर्यको केन्द्रको तापक्रम १० करोड डिग्री सेल्सियसभन्दा धेरै हुनेछ । यो कृत्रिम सूर्यले उत्पन्न गर्ने ऊर्जालाई विशेष प्रविधिबाट पर्यावरणका लागि सुरक्षित हरित उर्जामा परिवर्तन गर्न सकिनेछ । यसले धर्तीमा ऊर्जाको बढ्दो संकटलाई कम गर्नेछ ।

यसलाई ऊर्जाको वैकल्पिक श्रोतको रुपमा प्रयोग गर्न सकिनेछ । चीनको इन्स्टिच्यूट अफ फिजिकल साइन्सका वैज्ञानिकहरुका अनुसार कृत्रिम सूर्यको अहिले परीक्षण चलिरहेको छ । यसलाई द एक्सपेरिमेन्टल एडभान्स सुपर कन्डक्टिङ टोकामाक अर्थात् इस्ट नाम दिइएको छ । कृत्रिम सूर्यमा न्यूक्लियर फ्युजन क्रिया हुनेछ ।

यसले सौर्यमण्डलको मध्यमा अवस्थित कुनै ताराको रुपमा उर्जा भण्डार उपलब्ध गराउनेछ । यो कृत्रिम सूर्य एक मेसिनको रुपमा हुनेछ । यो डुनोट आकारको हुनेछ । परमाणु विखण्डन प्रतिक्रियाका माध्यमबाट तापक्रम उत्पन्न हुनेछ । यो कृत्रिम सूर्य एक दिनका लागि सञ्चालन गर्न कीब २० लाख रुपैयाँ बराबरको खर्च हुने बताइएको छ ।

अहिले यो कृत्रिम सूर्यवाला मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स टापुमा राखिएको छ । कृत्रिम सूर्य बनाउनका लागि हाइड्रोजन ग्यासलाई ५ करोड डिग्री सेल्सियसको तापक्रममा तताएर त्यसको तापक्रम १०२ सेकेण्ड सम्म स्थिर राखिन्छ । त्यसबाट हाइड्रोजन हिलियममा परिणत हुन्छ र ठूलो परिमाणमा ताप र प्रकाश निस्किन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top