एजेन्सी, मंसिर १२
चिसो मौसममा खानपानबाट पनि चिसो भगाउन सकिन्छ । तातो सुप र झोलयुक्त तरकारीहरुले हामीलाई चिसोबाट जोगिन मद्दत पुग्छ ।
तातो सुपहरुको सेवन गरेर हामीले आफ्नो शरीरलाई न्यानो राख्छौं ।
जाडो महिनामा सुप, तरकारी वा मासुमा प्याजको हरियो पत्ता मिसाउँदा त झनै गज्जब हुन्छ । तरकारी, सुप, मासु लगायतका खानेकुरामा प्याजको पत्ता राखेर बनाउँदा खानेकुराको स्वाद तिख्खर मात्रै हुँदैन भरपुर मात्रामा पाइने पौष्टिक तत्वले हाम्रो शरीरलाई फाइदा पनि गर्छ ।
यसमा क्यालोरी कम हुन्छ र सल्फरको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यको लागि धेरै लाभदायक छ । यसमा पाइने पेक्टिन नामक पदार्थ क्यान्सर जस्ता भयानक रोगबाट बचाउन उपोगी हुन्छ ।
हरियो प्याजको प्रयोग चीनमा प्राचिन समयमा औषधिहरुमा गरिँदै आएको पाइन्छ । यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी २, कपर, म्याग्नेसियम, पोटासियम, म्याग्निज आदी भरपुर मात्रामा हुन्छ ।
हरियो प्याजको पत्ताका फाईदाहरु :
१. स्वस्थ मुटु
एन्टी अक्सिडेन्टले भरपुर हरियो प्याजको पत्ताले डिएनएमा क्षति हुनबाट बचाउँछ । यस बाहेक यसमा पाइने भिटामिन सीले रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । यसले कोलेस्टेरोल नियन्त्रण गरेर मुटुको रोगबाट बचाउँछ ।
२.आँखा स्वास्थ्य
प्याजको पत्ताको सेवन आँखाको लागि धेरै लाभदायक छ । यसले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।
३. मधुमेह नियन्त्रण
जुन मानिसलाई मधुमेहको रोग छ उनीहरुको लागि प्याजको पत्ता सेवन गर्नु धेरै फाइदाजनक हुन्छ । यसमा पर्याप्त मात्रामा सल्फर हुन्छ जसले इन्सुलिनको स्तरलाई सन्तुलित बनाइराख्छ ।
५. हड्डी बनाउँछ मजबुत
भिटामिन सी र के जस्ता तत्वले भरपुर प्याजको पत्ताले हड्डीहरुको क्रियाशिलतालाई बढाइराख्ने काम पनि गर्छ । यसले हड्डीहरु मजबुत बनिरहन्छ ।
४. क्यान्सरको रोकथाम
प्याजको पत्ताले शरीरमा क्यान्सर सेल बढ्नबाट रोक्छ । यसको सेवन गर्नाले क्यान्सर हुने खतरा कम हुन्छ ।