विराटनगर, मंसिर १४
नेपाली कांग्रेसका नेता गगन थापाले बर्तमान सरकारको काम गर्ने कार्यशैलीले सिंगो राजनितिक प्रणालीप्रति नै नैराश्यता सृजना हुन सक्ने बताएका छन् ।उनले नेकपाको बलियो सरकारले जुन अबस्थामा काम गर्नु पर्ने थियो त्यो, बर्तमान सरकारले गर्न नसकेको बताए ।
विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा नेता थापाले भने‘सरकार गठनको अबस्था हेर्ने हो,भने यसअघिका सरकार भन्दा असामान्य अबस्था रहेको छ,यो दुई तिहाई नजिकको सरकार हो,तरपनि यो सरकारले ‘विलो द एभरेज’को प्रफमेन्सपनि देखाउन सकेन ।’
नेता थापाले स्वय प्रधानमन्त्री आफै आफ्नो सरकारको सञ्चालनप्रति असन्तुष्ट रहनु लगायतका कारणलेपनि यो पुष्टि गरेको बताए । उनले यो सरकारले काम गरेर नयाँ उचाई बनाउन अवश्यक रहेकोमा जोड दिए ।
उनले यो सरकारले राम्रो काम गरोस भन्ने काग्रेसको सुवेच्छा रहेको भन्दै बर्तमान सरकारले जनताको बिकासको चहानालाई पुरा गर्न सक्नु पर्ने बताए ।