×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

सुन्दै अचम्म लाग्ने परम्परा: ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन

२४ मंसिर २०७५

डोटी,मंसिर २४

सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ ।  त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन् । प्रत्येक तीन/तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ सिगरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन÷तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले ६४ वटासम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिलेसम्म कायमै रहेको छ ।

यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ । झाँक्रीले बलि चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन् यसलाई त्यहाँका स्थानीयले दैवीशक्तिका रूपमा मान्ने गरेको स्थानीय दीपक खड्काले बताए ।

बाघकै शैलीमा दाँतले बोका टोक्दा पहिलो बोका स्वयं देउता काँप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । काँपेर बोका टोक्ने  झाँक्रीलाई डुणाबाघ देउताका रूपमा लिने गरेको अर्का स्थानीय श्याम रोकायाले बताए । उनले भने, ‘यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जङ्गली जनावरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन जोगाइरहेका छौँ ।’

अनौठो मानिने दैवीशक्ति दर्शनका लागि भारतका विभिन्न ठाउँ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा पुग्ने गरेका छन् । स्थानीय जनप्रतिनिधि यो परम्परालाई सुदूरपश्चिम कै गौरवपूर्ण धार्मिक परम्परा ठान्छन् । मुलुकमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापुर्वकाल देखि चल्दै आएको स्थानीय बूढापाकाहरू बताउँछन् ।

पहिले पहिले डोटीको गिरीचौकाबाट दाँतले बोका टोक्दै छिमेकी जिल्ला बझाङको पीपलकोट, मयलकोश र थलारासम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गिरीचौकामा मात्रै सीमित छ ।

यसरी दाँतले बोका टोकेर छिनाल्दा आफूलाई दैवीशक्ति महसुस हुने र आफु मात्रै शक्तिशाली भएको महसुस हुने १८ वर्षको उमेरदेखि दाँतले बोका टोक्दै आएका झाँक्री करनबहादुर थापा बताए । उनले भने, ‘दाँतले बोका टोक्ने समयमा मलाई केही थाहा हुन्न तर शक्तिशाली भएको र बल आएको मात्रै अनुभव हुन्छ ।’

परापुर्व कालमा गोठबाट बाघले खसीबोका खाइदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतङ्क मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडी देवता र धणी देवतासँग जङ्गली जनावरबाट बचाउन हारगुहार मागेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन् । त्यही समयदेखि तेडी देवता र धणी देवताको पूजा गर्ने क्रममा जङ्गली जवावरको आतङ्क रोक्न बचाइदिन तीन वर्षमा एकपटक डुणाबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरूको भनाइ छ । –विमलबहादुर बिष्ट/ रासस  

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top