पुस ३, मंगलबार, एजेन्सी
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई खर्बास्त गरेको छ ।
जारी लिगमा निकै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई क्लबले साढे दुई वर्षपछि बर्खास्त गरेको छ । क्लबले विज्ञप्ति निकाल्दै मोउरिन्हो क्लबको प्रशिक्षकमा नरहेको जनाएको हो ।

अंक क्लबको अन्तरिम प्रशिक्षकको टुंगो चाँडै लगाउने क्लबले जनाएको छ । म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ वर्षमा सबैभन्दा खराव नतिजा दिलाएका मोउरिन्होलाई बर्खास्त गरेको खबर क्लबले ६५ शब्दमा व्यक्त गरेको छ ।
