विराटनगर, पुुस १०
प्रदेश १ कै सबैभन्दा ठूलो व्यापार मेला दाबी गरिएको विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा ८ करोडभन्दा बढीको कारोबार भएको छ । ब्यापारिक कारोवारसँगै मेलामा सांगितिक, सांस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रममा पनि दर्शकको उल्लेख्नीय सहभागिता देखिएको छ ।
हरेक दिन साझ मेलामा मनोरञ्जनात्मक कार्यक्रम हुदै आएको छ । मेलामा तीन दिन फेसन शोको कार्यक्रम निर्धारण गरिएकोमा पहिलो दिनको फेशन शो हेर्न सामेबार सयौ दर्शकहरु मेला आयोजनास्थल पुगेका थिए । मञ्जिना मुभिज क्रियशनले ब्यवस्थापनको जिम्मा लिएको फेशन शोमा प्रदेश १ का विभिन्न जिल्लाका २२ जना मोडलहरुले आआफनो प्रस्तुति दिएका थिए । पुसमा साझ परेपछि झनै चिसिएको मेलाको मौसमलाई उनीहरुले तताएका थिए ।
स्टेजमा मोडलहरुको वाक चलिरहदा दर्शकको हुटिङले मेलास्थल थप रगिन बनेको शो हेर्न पुगेका दर्शकहरुले बताएका छन् । मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुुति दिदै आएका छन् । मंगलबार मेलामा चर्चित गायिका इन्दिरा जोशी गायक गिरिश खतिवडा तथा स्थानीय नृत्यागंना निलम ढुंगानाको बेजोड प्रस्तुति रहने आयोजक समितिले जानकारी दिएको छ । ९ दिने मेलामा साढे २ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।