NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

जीवन घिमिरेले सार्वजनिक गरे मन्त्रालयको प्रगति विवरण , दश वर्षभित्र प्रदेशका विद्यालयबाट झोला र किताब बिस्थापित गर्ने

मङ्लबार पुस १० , २०७५
Reading Time: 1 min read
A A
जीवन घिमिरेले सार्वजनिक गरे मन्त्रालयको प्रगति विवरण , दश वर्षभित्र प्रदेशका विद्यालयबाट झोला र किताब बिस्थापित गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, पुस १०
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अबको दश वर्षभित्रमा १ नम्बर प्रदेशका सबै विद्यालयबाट झोला र किताब बिस्थापित हुने बताएका छन् । चालु आर्थिक वर्षमा हालसम्म भएका कामहरु सार्वजनिक गर्न मंगलबार सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले अब सरकारले ई–एजुकेशनलाई प्रोत्साहन गर्दै विद्यार्थीहरुले झोला र किताब बोकेर विद्यालय जानुपर्ने परिस्थितीको अन्त्य गरिने बताएका हुन् ।

उनले भने ‘अब साक्षरताको परिभाषा बदलियो । अब ई–एजुकेशन हाम्रो उच्च प्राथमिकतामा छ । त्यसका निमित्त हरेक विद्यालयभित्र ई–एजुकेशन अब दश वर्ष भित्र १ नम्बर प्रदेशका सबै विद्यालयबाट झोला र किताब बिस्थापित हुनेछन् । सबै शिक्षा चै इ– एजुकेशनबाटै हुनेछ ।’

मन्त्री घिमिरेले इन्टरनेटको जमना आएकोले त्यसको पनि तालिम दिनुपर्ने बताएका छन् । उनले इ– एजुकेशनको परीक्षणको रुपमा सय वटा विद्यालयमा परिक्षण गर्न लागिएको जानकारी दिए । उनले अबको ५ वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने बताउँदै त्यसको परिणाम देखिन थालेको बताएका छन् ।

Advertisement

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा मन्त्रालयबाट विभिन्न मन्त्रालयलाई ९८ करोड २२ लाख १ हजार रुपैँया अख्तियारी दिईएकोमा ३ करोड ९९ लाख ९२ हजार रुपैँया केन्द्रले फिर्ता लगेको बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले मन्त्रालयमार्फत ९८ करोड २२ लाख बजेट निकासा भएकोमा हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको जानकारी दिए ।

यो कूल बजेटको २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार रहेको छ । कार्यक्रममा आर्थिक वर्षको अन्त्य सम्ममा सबै बजेट खर्च हुने मन्त्री घिमिरेले बताए ।

भारतका वर्ड पिस यूनिभर्सिटी र मनोमोहन टेक्निकल बीच मैत्रीसम्बन्ध

सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ वटा उत्कृष्ट सामुदायिक मध्यामिक विद्यालयलाई छनौट गरी ५ लाखका दरले पुरस्कार वितरण गरेको जनाईएको छ । त्यस्तै प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भई कार्य सञ्चालन भईरहेको जानकारी दिईएको छ ।

भारतको पुणेस्थित एमआईटी वर्ड पिस यूनिभर्सिटी र प्रस्तावित मनमोहन टेक्निकल युनिभर्सिटीको बीचमा मैत्री सम्बन्ध स्थापित गर्ने समझदारी भएको र चाँडै एमओयु गरिने भएको छ ।

पत्रकार सम्मेलनमा १ नम्बर प्रदेशका विद्यालय तथा क्याम्पसहरुको विवरण सार्वजनिक गरिएको थियो । जसअनुसार सामुदायिक तर्फ ३ हजार १ सय ३६ प्रा.वि ,९ सय ७२ नि.मा.वि,६ सय ६९ मा.वि र ४ सय ८९ उच्च मावि रहेका छन् । त्यस्तै निजी तर्फ ६ सय ३६ प्रा.वि ,४ सय १४ नि.मा.वि,५ सय ७२ मा.वि र १ सय ३९ उच्च मावि रहेका छन् ।

प्रदेश नम्बर १ मा ७ हजार २ सय ३२ विद्यालय रहेको जनाईएको छ भने १ सय ५६ क्याम्पस रहेको जनाईएको छ ।प्राविधिक तर्फको टि–एस.एल.सी सञ्चालन गर्ने ४८ विद्यालय रहेका छन् । सो अवसरमा शिक्षा महाशाखाका उपेन्द्र दाहालले आगामी एस.ई.ई परीक्षाका लागि ९२ हजार ७ सय १९ उत्तरपुस्तिका छपाईका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता भएको जानकारी दिए ।

६ वटा विधयेकको मस्यौदा तयार
मन्त्रालयले यस अवधिमा प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन,२०७५ र प्रदेश सामाजिक विकास संस्था ऐन, २०७५ पारित गराएको र ६ वटा विधयेकहरु मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिई मस्यौदा समेत तयार गरी अन्तिम स्वीकृतिका लागि पठाईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने
विराटनगर स्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाईएको जनाईएको छ ।तत्काल गर्नुपर्ने सुधारका लागि कार्यदल गठन गरी कार्य पूरा भएको र प्रतिवेदन चाँडै सार्वजनिक गर्ने जनाईएको छ ।

जडिबुटी उत्पादन प्रशाधनको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरी अध्ययन प्रारम्भ गरिएको छ । यस्तै ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम ’ अन्तर्गत पाईलट प्रोजेक्टको रुपमा खोटाङको रावाबेसी गाउँपालिकाका एक सय जना ज्येष्ठ नागरिकलाई दात लगाईएको जानकारी दिइयो ।

अन्य कार्य
झापा, मोरङ र सुनसरीका पानी उद्योगहरुको अनुगमन गरी पिउने पानीको शुद्धताका लागि जनजागरण ल्याउने, व्यवस्थापनमा सुधार ल्याउने र कमजोरी गर्नेलाई कारबाही गर्ने कार्य प्रारम्भ गरिएको जनाईएको छ । शौचालय सफाईका लागि जागरण र अनुगमनलाई नियमित गरिएको छ ।

निजी तथा सरकारी स्तरमा सञ्चालित अस्पतालको नियमन र ब्यबस्थापनको लागि आवश्यक निति निर्देशिकाको तयारी भईरहेको उल्लेख गरिएको छ । फुटबल खेलको विकासका लागि २०७९ सम्म दुई ठूला फुटबल प्रतियोगिता गर्ने सम्झौता भएको जनाईएको छ ।

अहिलेसम्म प्रदेश १ का सामाजिक विकास मन्त्रालयलाई ३३ वटा कार्यालयहरु संघिय सरकारबाट हस्तान्तरण भएका छन् भने १० वटा कार्यालय स्थापना गरिएको पनि सो अवसरमा जानकारी दिइएको छ ।

सामाजिक विकास मन्त्रीको भारत भ्रमणका क्रममा झापा, मोरङ, सुनसरी र इलामका विभिन्न नगरपालिका प्रमुखहरु र नास्टका बैज्ञानिकहरुसँग समेत मुख्य–मुख्य शहरहरुबाट उत्पन्न हुने फोहोर ब्यबस्थित विर्सजन गर्ने, त्यस्ता फोहोरहरुबाट विकेट उत्पादन गर्ने, प्लाष्टिकजन्य फोहोरबाट इन्धन उत्पादन गर्ने र अन्य फोहोरबाट कम्पोष्ट मल बनाउने विषयमा छलफल अघि बढाईएको जनाईएको छ ।

प्रेस विज्ञप्ति

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.