विराटनगर, पुस २२
विराटनगरमा जारी क्यान इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार प्रतिस्पर्धामा कसमसले जित हात पारेको छ ।आइतबार सम्पन्न फाइनलमा कसमस समुहले डिस्ट्रक्सन समुहलाई १ का बिरुद्ध २ अंकले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
विजेताले नगदसहित विभिन्न कम्पनीहरुले उपहारहरु प्रदान गरेका छन् । विजयी समुहलाई समापनमा सम्मान गरिने आयोजकले बताएको छ ।
विभिन्न १५ बढि समुहहरुको सहभागिता रहेको कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले शुक्रबार उदघाटन गरेका थिए । उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै पराजुलीले क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए ।