विराटनगर, माघ २०
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाट टुङ्ग्याउने बतएका छन् । उनले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलमा आइतबार विहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा मुख्यमन्त्री राईले नाम र राजधानीको बिषय कसैको निर्देशन तथा दवावले नहुने स्पष्ट पारे ।
उनले सबैको भावना प्रतिनिधित्व हुने गरि नाम र स्थायी राजधानी टुंग्याइने दावी गरे । मुख्यमन्त्री राईले आइतबारबाट सुरु हुने हिउँदे अधिवेसनमा महत्वपुर्ण ६ वटा विधेयक प्रदेश सभामा प्रवेश गराउने बताए । प्रदेश सभाको हिउँदे अधिबेशन आइतबारबाट शुरु हुदैछ ।