विराटनगर, माघ २०
मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको छ ।
मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको आयोजनामा सो कलेजमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको हो ।
वर्तमान समयमा सुचना र प्रविधिको सहि प्रयोगबाट जटिल कामहरु पनि रोवटका माध्यमद्धारा सहज तरिकाले गर्न सकियोस् भन्ने उदेश्यले हप्तादिनको तालिम आयोजना गरिएको हो । तालिम सैद्धान्तिक ज्ञानलाई व्यवारीक रुपमा प्रयोगमा ल्याउन, इन्जिनियरिङ्ग समाग्रीहरु उचित पहिचान र विद्यार्थीको फाइनल बर्षका लागि प्रोजेक्ट निर्माणमा सहयोगी हुने पोलिटेक्निकका सुचना प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।
तालिममा सो इन्स्टीच्यूटमा अध्ययनरत बिद्यार्थी र सम्वन्त्रीत विज्ञहरुको सहभागिता रहेको छ । यसैबिच इन्स्टीच्यूटले अध्यनरत विद्यार्थीहरुका अभिभावकहरुसँग भेटघाट तथा अन्तरकृया गरेको छ । पोलिटेक्निकले नियमित रुपमा अभिभावकहरुसँग समय समयमा अन्तरकृया गर्दै आएको सुचना प्रमुख चौधरीले जानकारी दिए ।