विराटनगर, फागुन २०
विराटनगर महानगरपालिका वडा नम्बर ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय कंचनबारी चोक केशलिया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो ।
सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार संघिय मामिला था सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलान्यास गरेका छन् ।
सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल,उद्योग संगठन मोरङ,मोरङ ब्यापार संघ लगायतको समेत सहभागिता रहनेछ ।
नेपाल सरकारको तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत २ करोड ,ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहनेछ भने उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउने सहमति भएको छ ।
शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडेरहेको बताए । उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए ।
संघीय,प्रदेश र स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि केही गराँै भन्ने भावनाका साथ काम गरिरहेको दावी गरे । नेपाल कम्यूनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पण्डितले तराई मधेशका जनताको चौतर्फि विकासका लागि सरकारले तराइ, मधेस समृद्धि कार्यक्रम लागु गरेको बताए ।
उनले सो कार्यक्रमले देशव्यापि रुपमा गति लिएको र चाडै तराईका सवै जाताजातीले राहत पाउदै जाने बताए । कार्यक्रममा प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुदै गएको बताए ।
राज्यले जग्गा र धनीपुर्जा बाढ्ने भन्दा पनि निश्चित बर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।