×

NEPAL TIMES UPDATES

Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026

नोबेलले बनायो नयाँ रेकर्ड : एकै दिन १४ जनाको मुखबाट निकालियो पित्त नलीको ढुंगा

२७ फाल्गुन २०७५

विराटनगर, फागुन २७
नोबेल शिक्षण अस्पतालले मुखबाट ईण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी बिधि मार्फत बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकालिएको नोबेल अस्पतालले जनाएको छ ।

एकै दिन हालसम्मकै ठुलो संख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दावी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ती धेरै बिरामीको ईआरसीपी गरिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । ‘नेपालमा हालसम्म एकै दिन यत्ती धेरै संख्यामा सफलतापूर्वक ईआरसीपी गरिएको छैन ।’ उनी भन्छन् ‘यो नेपालकै नयाँ रेकर्ड हो ।’

यसअघि धुलीखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको बताईएको छ । त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा.यादवको दावी छ । वीर अस्पतालमा कार्यरत ग्यास्ट्रो ईनटेरोलोजीष्ट डा.विवेक कुमार पुर्वेले पनि यो नयाँ रेकर्ड भएको स्वीकार गरे ।

यसअघि एकै दिन अधिकतम ११ वटा मात्र ईआरसीपीको रेकर्ड रहेको डा.पुर्वेले बताए । ‘एकै दिन १४ जनाको सफलतापूर्वक ईआरसीपी गर्नु नेपालमै पहिलो रेकर्ड हो ।’ उनले भने ।

नोबेलले पूर्वी नेपालमै पहिलो पटक गत पुस महिनाबाट ईआरसीपी सुरु गरेको हो । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा सहज रुपमा निकाल्ने गरिन्छ । ढुंगालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ ।

ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्दा धेरै सहज हुँने बिरामीहरु बताउँछन् ।

यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

तर, ईआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुँने चिकित्सकहरुको भनाई छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top