×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिशूली थ्री ‘ए’ को काम अन्तिम चरणमा

२९ फाल्गुन २०७५

बेत्रावती,फागुन २९

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।

‘आयोजना बनाउन निर्माण व्यवसायीलाई दिइएको समय सीमाभित्र कार्य सम्पन्न गराउन सहजीकरण र दबाब कायम राखेका छौँ ।’, उनले भने, ‘३०–३० मेगावाट क्षमताका दुईमध्ये एउटा टर्बाइन वैशाखभित्र र दोस्रो असारभित्रै सञ्चालन गरी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुग्न लागेका छौं ।्’

आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत् गृहको परीक्षण आगामी चैत १ देखि शुरु गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए । वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तिव्र बनाइएको छ ।

‘आयोजनाबाट ३० मेगावाट विद्युत् विसं २०७६ वैशाख १७ गतेबाट उत्पादन शुरु गर्ने लक्ष्य छ’, उनले भने, ‘विभिन्न माग राख्दै स्थानीयवासीको अवरोध र क्षमता वृद्धि सम्बन्धमा पटक–पटक काममा अवरोध व्यहोरेको यस आयोजनामा विनासकारी भूकम्प र भारतीय नाकाबन्दीको थप प्रभावका कारण ढिलो गरेर निर्माण सम्पन्न नजिक पुगेको हो ।’

आयोजनाको पछिल्लो प्रगतिको सम्बन्धमा चासो राख्न दुई साता अघि आयोजनास्थल मनकामनास्थित सिम्ले पुग्नुभएका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा काम सक्न निर्देशन दिएपछि जारी रहेको निर्माण कार्यलाई थप तिव्र बनाएर तोकिएको समयमा विद्युत् उत्पादनको तयारी थालिएको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जडानको लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ ।

उक्त कार्य हाल ९५ प्रतिशत पूरा भइसकेको छ । सो आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी) ले गरिरहेको छ । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको हो । निर्माणको लागि सो कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको हो ।

वि.सं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति पुर्याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथामसम्बन्धी कार्यको लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्ण रुपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करिब रु तीन अर्ब आम्दानी गर्दछ ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निमार्ण सबै भूमिगत (पहाडभित्र) बनाइएको छ । आयोजनाबाट साढे आठ महिना पूर्ण रूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कुल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागी आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका उपप्रबन्धक ज्याख्वाले जानकारी दिए ।

उनका अनुसार सो आयोजना सम्पन्न पश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ । –रामहरि न्यौपाने/रासस

भर्खरको समाचार

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

सम्बन्धित खबरहरु

Scroll to Top