न्यूरोद्वारा विपन्न बिद्यार्थीकालागि एक लाखको छात्रवृति प्रदान

न्यूरोद्वारा विपन्न बिद्यार्थीकालागि एक लाखको छात्रवृति प्रदान

विराटनगर
बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा पढ्ने गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक सिंहवहादुर ईवारमलाई न्यूरो अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले एक लाख रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन । कार्यकारी निर्देशक विष्टले गरिब तथा बिपन्न भएकै कारण बालबालिकाले शिक्षा नपाउनु दुखद् भएको बताइन ।

उनले सामाजिक रुपमा सानो सहयोग गर्दा समेत समाजका गरिब तथा बिपन्न बालबालिकालाई पढाउन सकिने बताइन । कार्यक्रममा सिनामका शिक्षक ईवारमले न्यूरो अस्पतालले स्थापना गरेको अक्षयकोषले ताप्लेजुङका विपन्न बिद्यार्थीहरु लाभान्वित हुनेभन्दै खुशी ब्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.