समाजिक सञ्जाल दर्ता नभएमा बन्द गरिन्छ : सञ्चारमन्त्री बाँस्काेटा

समाजिक सञ्जाल दर्ता नभएमा बन्द गरिन्छ : सञ्चारमन्त्री बाँस्काेटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले सामाजिक सञ्जाल दर्ता नभए बन्द हुने बताएका छन्।

संसदीय मामिला पत्रकार समाजले आइतबार आयोजना गरेको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञबाट कार्यपत्रसहितको अन्तरक्रियामा मन्त्री बास्कोटाले दर्ता नगरी राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यो सामाजिक सञ्जाल बन्द गर्नु पर्ने बताएका हुन्।

उनले भने, ‘नेपालमा जस्ले जतिबेलामा पनि प्रयोग गर्ने थलो बनाउने, अनि दर्ता नगरिकन राष्ट्रिय स्वतन्त्रता, सामाजिक सुरक्षालाई चुनौती दिएमा त्यस्ता सामाजिक सञ्जाल बन्द गर्नुपर्छ।’

उनले गुगल, फेसबुक, ट्विटर, ब्लगजस्ता सामाजिक सञ्जाल जहाँ प्रयोग र विकास भएको छ, त्यहाँ दर्ता गरेर राज्यलाई कर बुझाइएको तर्क गर्दै नेपालमा पनि उक्त व्यवस्था लागू गर्न खोजिएको उल्लेख गरेका छन्।

उनले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताबिरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताएका छन्।, याे खबर आजकाे अन्नपूर्ण पाेष्टमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.