काठमाडौं, चैत ११
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बस्दैछ । बजेट अधिवेशनको तयारीका लागि नेकपाले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनभएको भोलीपल्ट बैठक बस्न लागेको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा अपराह्न बस्न लागेको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
संसदको बजेट अधिवेशनको सुरुवात मै सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि नेकपाले त्यसमा समावेश हुने कार्यक्रम र अवलम्बन गर्नुपर्ने वार्षिक नीति सम्बन्धमा छलफल थाल्न लागेको हो ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने भएपछि सो अगावै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदबाट पारित हुनु पर्नेछ । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई सोही अनुसारको तयारीमा जुट्न निर्देशन दिने कार्यक्रम छ ।