विराटनगर,चैत ३०
विराटनगरको हनुमानदास रोडमा रहेको मोबाईल सोरुम ‘मोबाईल एण्ड मोबाईल’ले नयाँ वर्ष २०७६ उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ ।
मोबाईल एण्ड मोबाईलले नयाँ वर्षलाई लक्षित गरेर नयाँ मोबाईलको खरिदमा विशेष छुटको ब्यबस्था गरेको मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए । उनले आफ्ना सम्पुर्ण ग्राहकहरुलाई मोबाईल एण्ड मोबाईलको तर्फबाट शुभकामना ब्यक्त गर्दै नयाँ वर्षको अफर ग्राहकहरुले छुटाउनै नहुने बताए ।
उनले सम्पुर्ण स्मार्टफोनहरुको खरिदमा एक वर्षको आधिकारिक वारेन्टिको समेत ब्यबस्था रहेको बताए ।मोबाईल एण्ड मोबाईलले एसईई परीक्षार्थीलाई पनि छुटसहित विशेष उपहार योजना ल्याएको छ ।
मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम। आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।