NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

बैठकमा के भने १५ नेताले ?: देउवाले ठट्टा गर्दै भने- ‘धकेलेरै निकाल्ने हो त ?’

शनिबार माघ ६ , २०७४
Reading Time: 1 min read
A A
बैठकमा के भने १५ नेताले ?: देउवाले ठट्टा गर्दै भने- ‘धकेलेरै निकाल्ने हो त ?’

g]sf s]Gb|Lo ;ldltsf] a}7s k|wfgdGqL Pj+ kf6L{ ;efklt z]/axfb'/ b]pjfsf] ;efkltTjdf g]kfnL sfFu|]; s]Gb|Lo sfo{;ldltsf] a}7s k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ljxfg a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले आशा गरेअनुसार सफलता प्राप्त गर्न नसकेको स्विकार्दै महासमिति बैठकले नयाँ रक्तसञ्चार गराउने बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ । ‘परिणामका पछाडि जे–जे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रूपले गम्भीर समीक्षा-छलफल एवं अन्तक्र्रिया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहरूलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु,’ देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ । राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्नेछ ।’

संविधानअनुरूपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न विधान संशोधन गर्ने, पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई थप सुदृढ, गतिशील र सशक्त बनाउन नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

देउवाले ठट्टा गर्दै भने, धकेलेरै निकाल्ने हो त ?
सभापतिले देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो । माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’ उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । ‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

LS Auto

पौडेलले भने धेरै गर्‍यौँ
नेता रामचन्द्र पौडेलले राष्ट्रियताको संवद्र्धनदेखि संविधानको स्वीकार्यता बढाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताए । ‘तीन दलले मात्र संविधान कार्यान्वयन गर्न सकेनन् । हामीले मधेसीलाई ल्यायौँ,’ उनले भने, ‘संविधानमा बहुलवादसहितको संरचनालाई स्थापित ग¥यौँ । यसकारण हामी सफल पुस्ता हौँ ।’

पुराना पात झरेपछि… : बलबहादुुर केसी
हिजो विधान नखोजेर पनि बिपीका कार्यकर्ता सहिद हुन तयार थिए । तर, आज विधानभन्दा राजनीतिक सहमति ठूलो भनिँदै छ, गरिँदै छ । विधानभन्दा सहमति ठूलो कुरा होइन । यसकारण विधानअनुसार पार्टी चल्नुपर्छ । रूख बाँच्नका लागि प्राकृतिक रूपमै पुराना पात झर्छन् । नयाँ पालुवा पलाउँछन् । त्यस्तै गरी पार्टीमा पनि पुरानाले विश्राम लिनुपर्छ ।

सहमति दिने अनि विरोध गर्ने ? : बालकृष्ण खाण
१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ ।

धम्कीबाट डराउँदैनौँ : प्रकाशमान सिंह
हामीले निर्वाचनमा गठबन्धन गर्‍यौँ, तर कस्तो खालको गठबन्धन हो ? लोकतान्त्रिक हो भने हामीले अरूलाई सहयोग गर्नुपर्ने अरूले किन सहयोग गरेनन् ? उम्मेदवार चयनमा पनि कार्यसमितिले पास गरेको कुरालाई सभापतिले किन नमानेको ? एकजनाबाहेक नदोहोर्‍याउने भन्ने थियो, तर किन दोहोर्‍याएको ? हामी संसदीय समितिमा बसेकैले समानुपातिकको सूची हेर्न पाएनौँ । अब यसरी पार्टी चल्न सक्दैन । बैठक र बाहिर बोलेको विषयलाई लिएर सभापति र उहाँका मान्छेले अनुशासनको कारबाही गर्छु भनेर धम्की दिनुभएको छ । धम्कीबाट कोही डराउँदैनौँ । पञ्चायतलाई परास्त गरेर आएका हौँ । यस्ता डरधम्कीले हाम्रो आवाजलाई रोक्नेछैन ।

हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्ने : शेखर कोइराला
संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ । मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।

अवसर दिनुस् : जीवन परियार
अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्‍याउनुहुन्न । केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ ।

पौडेलको गुनासोको अर्थ छैन : उमाकान्त चौधरी
कार्यसम्पादन र संसदीय समिति अवैधानिक छन् । आजैका मितिबाट विघटन गरौँ । समानुपातिककको सूची बुझाउँदा, सभापतिजी र रामचन्द्र पौडेलजीले एकलौटी गर्नुभयो । हामीलाई सूची हेर्न दिइएन । अहिले आएर पौडेलले गुनासो गर्नुको कुनै अर्थ छैन ।

विधानको सर्वोच्चता मान्नुपर्छ : बद्री पाण्डे
विधानको सर्वोच्चता सबैले मान्नुपर्छ । अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउनुपर्छ ।

धेरै गर्नुभयो, अब अरूलाई गर्ने अवसर दिनुस् : गगन थापा
मुलुकमा भएका सबै आन्दोलनमा कांग्रेस नेताहरूको योगदान अतुलनीय छ । पार्टीलाई जोगाउन नेताले धेरै राम्रो काम गर्दै आउनुभएको छ । देश, लोकतन्त्र र जनताका लागि तपाईंहरूको कामप्रति हामो सम्मान छ । तपाईंहरूले धेरै गर्नुभयो । अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्न आग्रह गर्दछु । यसो भएमा कांग्रेस, देश र लोकतन्त्रलाई राम्रो हुन्छ । महासमिति बैठकलाई नेतृत्वले आफ्नो अप्ठ्यारो व्यवस्थापन गर्न उपयोग नगरोस् । यस्तो भए दुर्भाग्यपूर्ण हुन्छ । यसैले अर्ली महाधिवेशनतर्फ जानुपर्छ ।

हारेकालाई अवसर दिउँ : अजय चौरसिया
पार्टीका सिनियर नेताहरू निर्वाचनमा हार्नुभएको छ । राजनीतिमा जिम्मेवार नेताहरू आवश्यक पर्छन् । तसर्थ निर्वाचनमा हारेका नेताहरूलाई पनि राष्ट्रिय सभामा अवसर दिनुपर्छ ।

प्रवक्ता हुनेले निरुत्साहित गराउने ? : किशोरसिंह राठोर
पार्टी प्रवक्ता हुने नेताले नै पार्टी आइसियूमा छ भन्ने ? यति निरुत्साहित गर्ने अनि पार्टी बिरामी छ भन्न मिल्छ ?

पौडेलजीले च्याप्नु भो, देखाउनुभएन : कृष्णप्रसाद सिटौला
समानुपातिक सूचीमा सभापति र पौडेलले हदैसम्मको एकलौटी गरेकै हो । त्यतिवेला सभापतिको ज्यादती उत्कर्षमा थियो । हामीले समानुपातिक लिस्ट हेर्नसमेत पाएनौँ । यस्तो गल्ती सभापतिले अब कहिल्यै गर्नुभएन । त्यतिवेला पनि यी समिति विधानविपरीत छन् भनेकै हौँ । तर, पौडेलजीले देउवासँग सहमति गर्नुभयो । लिस्ट देखाउनुभएन, च्यापेर हिँड्नुभयो । देखाएको भए विरोध गर्न बल पुग्थ्यो । सभापतिको एकलौटीमा बल दिनुभयो । अहिले आएर कुन मुखले विधानविपरीत भन्दै हुनुहुन्छ ? पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्छ । निर्णय पारदर्शी हुनुपर्छ, पार्टीमा सबैले सम्मान पाउनुपर्छ ।

०४८ देखिको समीक्षा गरौँ : पूर्णबहादुर खड्का
समीक्षा गर्दा अहिलेको निर्वाचन मात्र होइन, ०४८ देखिको गर्नुपर्छ । वर्तमान सभापतिलाई साधारण सदस्यबाट निकालेकोदेखि, पार्टी फुटेको र अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गरेपछि मात्र सत्यतथ्य पत्ता लाग्छ । हामीले विधानविपरीत समिति नबनाउन भनेको हो । पौडेलजीले सभापतिसँगको सहमतिमा बनाउनुभयो । अहिले कसरी र किन विधानविपरीत भन्दै हुनुहुन्छ ? विधानअनुसार पार्टी चल्नुपर्छ । यो प्रक्रिया आजैबाट सुरु गरौँ ।

गठबन्धन बलियो भएन : प्रदीप गिरी
कम्युनिस्टहरू मिलेर बलियो बने । तर, लोकतान्त्रिक गठबन्धन बलियो भएन । यसैले हामी हार्‍यौँ।

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.