काठमाडौं ,बैशाख २०
सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र सेवक कर्मचारीको सेवा सुविधामा पुनरावलोकन गर्ने स्पष्ट पारेकी हुन् । विगत ३ देखि कर्मचारीको तबल वृद्धि भएको थिएन् । सरकारले चालु आर्थिक बर्षमा कर्मचारीलाई मासिक २ हजार रुपैंयाँ महंगी भत्ता दिँदै आएको छ ।त्यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाउने भएकाे छ ।
सरकारले आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको निती तथा कार्यक्रम मार्फत सरकारले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । हाल ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् ।
हाल दलित ज्येष्ठ नागरिकले ६० वर्षदेखि नै मासिक २ हजार रुपैंयाँ पाउँदै आएका छन् भने विधवा तथा एकल महिला, अपांग, लोपोन्मुख जातिले पनि त्यस्तो भत्ता पाउँदै आएका छन् । नेपालमा समाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या २४ लाख ९८ हजार ५ सय ३२ जना रहेका छन् ।( विकास न्युजबाट)
