इटालियन ओपन टेनिसको उपाधि रफाईल नाडाललाई

इटालियन ओपन टेनिसको उपाधि रफाईल नाडाललाई

स्पेनिस खेलाडी रफाईल नाडालले यस वर्षको इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । गएराति भएको फाइनलमा विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । रोममा भएको खेलमा नाडाल ६–०, ४–६ र ६–१ को सेटमा विजयी भए । नाडालको यो उपाधि क्ले कार्टमा वर्षको पहिलो उपाधि हो । रोममा नवांै पटक च्याम्पियन बनेका उनले समग्रमा ३४ औं मास्टर्स उपाधि जितेका हुन् । उपाधिसँगै नाडालले आसन्न फ्रेन्च ओपन टेनिसको लागि बलियो दावेदारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.