युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन

युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन

१५ जेष्ठ, २०७६

सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजना गरिएको उल्लेख गरिएको हो । अर्थमन्त्री खतिवडाले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको जानकारी दिए।

काठमाडौंको मूलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि १० करोड तथा प्रदेश तहको सहलगानीमा सबै प्रदेशमा सुविधा सम्पन्न १/१ वटा रंगशाला र प्रदेश र स्थानीय तहको सहलगानीमा सबै स्थानीय तहमा १/१ वटा खेल ग्राम स्थापनाका लागि ४० करोड बजेटको व्यवस्था पनि गरिएको छ । त्यसैगरी क्रिकेट क्षेत्रको विकासका लागि क्रिकेट एकडेमीको स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.