न्यूरो सर्जन रोकाले ल्याए कविता संग्रह

Share this
770shares

विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएका छन् ।

Advertisement

काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कवि रोकाकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गरिन । सो कविता संग्रहलाई बिमोचन गर्दै आमा नेत्रकुमारीले आफूलाई छोराका कविता साह्रै मन पर्ने गरेको बताइन । कवि यमबहादुरको यो अंग्रेजी कविताहरूको सँगालो हो । संग्रहमा १०८ वटा कविता रहेको कुञ्ज थिएटरका अध्यक्ष कमल ढकालले बताए। अध्यक्ष ढकालले भने डा.साब जति राम्रो सर्जन छन, उनका कविता पनि त्यत्तिकै प्रभावशाली छन् ।

न्यूरो सम्बन्धी जटिल रोगहरुको सफल सर्जनको रुपमा परिचित डाक्टर रोकाले १०८ ओटा कविता कसरी र कति खेर लेखे भन्ने ? पत्रकारको जिज्ञाशामा कवि रोकाले आफूले अहोरात सेवग्राहीलाई सेवा प्रदान गरि सकेपछि , खाना खाएर बचेको समयमा कविता सिर्जना गर्दै आएको अनुभव सुनाए । उनले कविता संग्रहको बिक्रीबाट उठेको रकम बाग्लुङको स्कुलका विद्यार्थीहरूको पठनपाठनमा सहयोग गर्ने बताए । उनले छिटै आफ्नो दोस्रो कवितासंग्रह पनि पाठक माझ ल्याउने प्रतिबद्धता जनाए ।

Advertisement

पिस बुक प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top