आयोजक इंग्ल्यान्डको विश्वकप क्रिकेटमा विजयी सुरुवात

आयोजक इंग्ल्यान्डको विश्वकप क्रिकेटमा विजयी सुरुवात

आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो । घरेलु टोलीले दिएको ३ सय१ २ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ७ रनमात्रै जोड्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । जितसँगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा आज वेष्ट इण्डिज र पाकिस्तान भिड्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.