आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो । घरेलु टोलीले दिएको ३ सय१ २ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ७ रनमात्रै जोड्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । जितसँगै इंग्ल्याण्डले पहिलो खेलबाट महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगितामा आज वेष्ट इण्डिज र पाकिस्तान भिड्नेछन् ।