आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् । खेलेका तीन खेलमध्ये तीनवटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको थियो । सन् २००३ मा भारतीय टोलीको नेतृत्व सौरभ गांगुलीले गर्दा न्युजिल्यान्डमाथि ७ विकेटले भारतले जित निकालेको थियो ।
त्यसपछि यी दुई टोलीको भेट विश्वकपमा भएको छैन । इङ्ल्यान्डको नाटिङ्घममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।