काठमाडाैं : पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ ।
नेकपा हुम्ला अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकोप्टरको भाडा दुई लाख ५० हजार उठेको र सो खर्च पार्टीले व्यहोर्ने जनाएका हुन् । तर, हेलिकोप्टरको भाडा सरकारले पहिल्यै सेनालाई बुझाइसकेकाले पार्टीले कसलाई तिर्ने भन्ने विज्ञप्तिमा प्रस्ट छैन ।
‘सुर्खेतमा आपत्कालीन उद्धारका लागि प्रयोग गर्न राखिएको सेनाको हेलिकोप्टर सरकारी पैसाले भाडामा लिएर मुख्यमन्त्री शाही नेकपा हुम्लाको बैठकमा आएको र दुई दिनसम्म होल्ड गरेको समाचार प्रकाशित भएको थियो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
