आजका प्रमुख खबरहरुः
१.(महराको सुनुवाई)
जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा दिइएको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत पाटनले माग्यो पूर्वसभामुख कृष्णबहादुर महराको कैफियत प्रतिवेदन / महाराको मुद्दाको मिसिल इजलासले माग्यो ।
२.(माग सुनियोस्)
सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुद्वारा सार्वजनिक खरिद अनुगमनको कार्यालयमा धर्ना / माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने अनुगमन कार्यालयको प्रतिवद्धता ।
३.(मन्त्रीको प्रतिबद्धता)
निर्माण व्यवसायीका समस्या समाधान गर्ने नवनियुक्त भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङको आश्वासन / सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनपछि कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने व्यवसायीको गुनासो ।
४.(घुस्याहा प्रमुख !)
मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित रंगेहात पक्राउ / सुकुम्बासीको नाममा रहेको जग्गाको विषयमा उच्च अदालत विराटनगरका लागि प्रमाण लिन पुगेका सेवाग्राहीलाई कागजपत्र दिन आनकानी गर्दै घुस मागेको आरोप ।
५.(युवा नेताको चर्तिकला)
बलात्कारको अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य इन्द्रहाङ राई पुर्पक्षका लागि कारागार चलान / राईले कात्तिकमा एक युवतीलाई भैली खेल्न जाने भन्दै बोलाएर बलात्कार गरेको आरोप ।
६.(स्थानीय तहको मनपरी)
स्थानीय तहले लाभग्राहीहरुको झुटो विवरण दिने गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गुनासो / १ लाख ९९ जनाको गुनासो सम्बोधन / १४ प्रतिशत लाभग्राहीहरुको आवास पुनर्निर्माणको काम सुरु गर्न बाँकी ।
७.(अनाथका अभिभावक)
नवनियुक्त महिला, बालबालिकामन्त्री पार्वत गुरुङलाई भेट्न कार्यालय नै पुगे अनाथ बालबालिका / अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने / बाल गृहको नाममा ठगी खानेहरुलाई कार्वाही गरिने ।
८.(विद्युत फालाफाल)
सरकारद्वारा विद्युत निर्यातका लागि बजारको खोजी सुरु / आन्तरिक खपत १५ सय मेघावाट मात्रै भएकाले निर्यातका लागि बजारको खोजी गर्नु परेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई।
९.(बेकामे बैठक)
पोखरामा सम्पन्न नेपाल भारत सीमा सुरक्षा बैठक सीमा अपराध,संयुक्त गस्ती र सूचना आदन प्रदानमै केन्द्रित / विवादित कालापानी, लिपुलेकको विषयले छलफलमा प्रवेशनै पाएन ।
१०.(लगानीको आह्वान)
फिनल्याण्डका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न सरकारको आग्रह / नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फिनल्याण्डका लगानीकर्ताहरु इच्छुक रहेको फिनल्याण्डका राजदुतको भनाई ।
११.(भब्य तयारी)
‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ आगामी जनवरी १ मा ५० हजार जनसमुदायको बीचमा गर्ने सरकारको घोषणा / भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी हुने ।
१२.(साइकलमा सरर्)
पर्यटन प्रवद्र्धन गर्न राइड टु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु / २५० किलोमिटरको साइकल यात्रा ४ दिनमा जनकपुरको जानकी मन्दिरमा पुगेर समापन हुने ।
१३.(ट्राफिकमा विद्यार्थी)
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने / समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत ३ सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुने ।
१४.(टर्च ¥याली सुरु)
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च ¥याली काठमाडौँबाट सुरु / टर्च ¥याली विराटनगर हँुदै प्रमुख शहर र सातै प्रदेशमा पुर्याउने / मंसिर १५ मा उद्घाटन हुने साग २४ गते समापन हुने ।
र,
१५.(कङ्गोमा महामारी)
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी / फैलिएको महामारीबाट सन् २०१९ मा मात्र पाँच हजार मानिसको मृत्यु / पर्याप्त खोप उपलब्ध नहुँदा संक्रमण बढ्ने खतरा ।