११ मंसिर, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले विभिन्न बैंकबाट १९ लाख रुपैयाँ चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबै जना नेपाली नागरिक रहेको र उनीहरुले फर्जी चेक बनाएर त्यसमार्फत रकम निकालेको प्रहरीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाण्डौले गरेको अनुसन्धानका क्रममा १८ वटा बैंकबाट झण्डै २० लाख रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

काठमाण्डौमा रहेका कुन कुन बैंकका शाखाबाट कति कति रकम झिकियो भन्नेबारे यकिन नभए पनि १९ लाख १९ हजार रुपैयाँ बरामद भइसकेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
