११ मंसिर, पोखरा ।
कास्कीको नयाँबजार प्रदर्शनी केन्द्र नजिकै केहीबेरअघि बम विष्फोट भएको छ ।
सो स्थान नजिकै सत्तारुढ नेकपाले चुनावीसभा आयोजना गरिरहेको थियो । नेकपा नेता नेम्वाङले सम्बोधन गर्ने क्रममा नजिकै शक्तिशाली बम विष्फोट भएको हो।
चुनावीसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरु बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ लगायत पोखरामा छन् । विष्फोट भएपछि चुनावीसभामा भागाभाग मच्चिएको छ ।
क्षतिको विवरण संकलन भइरहेको छ ।