६ हजार घुससहित पुनःनिर्माण प्राधिकरणका कर्मचारी पक्राउ

६ हजार घुससहित पुनःनिर्माण प्राधिकरणका कर्मचारी पक्राउ

१० माघ, भोजपुर ।
पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सब–इञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ। इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.