×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

लकडाउनले बृद्ध आमालाई लछारो, भोकै रात काट्दै

१९ चैत्र २०७६

१९ चैत, विराटनगर । बिराटनगर १ को सिंगिया खोलाको किनारमा सानो झुपडीमा एकजना बुढी आमा बस्नु हुन्छ । १२ बर्षे नातिसंग बस्ने ति आमालाई आफ्नो भन्दा बढी नातिको चिन्ताले सताउन सुरु गरिसकेको थियो । अरुको घर घरमा गएर भाडा माझ्ने, लुगा धुने काम गर्ने ति आमाले संक्रमण फैलिएकाले कामहरु बन्द भएको मात्र थाहा पाएकी थिईन । अन्य धेरै जानकारी थिएन ।

लगातारको लगडाउनले देश ठप्प भएका बेला २ दिन देखी आमाको चुलो पनि ठप्प थियो । छिमेकीहरुले दिएको सातु र चिउराले आमाले आफ्नो र आफ्नो नातिको भोक मेटाउन बाध्य थिईन । कोरोनाको त्रास भन्दा बढी भोकको त्रासले आमाको हात खुट्टा कामेका थिए ।

Advertisement

विराटनगरको वडा नं १ का वडाध्यक्ष उद्दव अर्यालले वडाभरीका अन्यन्त बिपन्न परिवारको लगत संकलनका लागि युवाहरुको सहयोग खोजे । युवा अभिषेक भट्टराई र सन्तोष दाहाल यसका लागि तयार भए । वडा भरी लगत संकलनमा गएका यी जोसिला युवाहरु जानकारी संकलन गर्ने क्रममा ति आमाको घरमा पुगे । खोलाको किनारमा रहेको त्यो सानो झुपडीको पिडाको बारेमा उनीहरु अनविज्ञ थिए । अन्य घरहरुमा जस्तै सोधपुछ गर्ने क्रममा ति आमाले र नातिले खाना नखाएको खबरले , उनीहरुलाई खिन्न बनायो । उनीहरु भावुक भए । लामो समय सम्म त्यँहा बस्न सकेनन । हत्तपत्त त्यहाँबाट निस्किए । अलि वर राखेको बाईकमा चड्नु अघि दुबै जानाले आफ्नो आफ्नो गोजी छामे । सन्तोषले संग तत्काल ३८५ र अभिषेक संग ३१० रुपैया रहेछ । रकम बोकेर सामान के के लाने भन्दै सल्लाह गर्दै बाईकमा भट्टा चोक तिर निस्किए । सल्लाह भयो , ५ के.जी चामल, १ के.जी दाल , २ के.जी चिउरा , १ लिटर तेल र केही चाउचाउको प्याकेट ।

अहिलेलाई यति , केही आवश्यक रहेछ भने सोधेर लगौला। यति भयो भने केही दिन छाक टर्छ भन्दै एकअर्का संग गफ गर्दै सामानको पोको बोकेर आमाको घर सम्म पुगेर सामान आमाको हातमा दिए । आमाको आँखाबाट आशुको धारा बर्सियो । आमा संगै युवाहरुको पनि आँखा रसायो । देश भरी लकडाउनको अवस्था छ । सम्पुर्ण कामहरु ठप्प छन । हुने खानेले आफुलाई चाहिने सामग्री जोहो गरेर घरमा बसेर लकडाउन सफल बनाउदै होलान तर दैनिक ज्याला मजदुरी गर्नेहरुको घरमा चुलो बल्न छाडिसकेको छ । उनिहरुमा भोकको त्रास छ ।

के हुदैछ कति दिन भन्ने प्रश्न मनमा छ तर जवाफ दिनेहरु संग पहुँच छैन । समाचार, सामाजिक संजाल , संचारको प्रयोगमा उनीहरु छैनन । राहत पाईन्छ की भन्ने आशामा छन तर काहाँ जाने थाहा छैन , थाहा भए पनि शासकहरुको अगाडी आवाज निस्किदैन । काम छैन, खाध्यान्न छैन, सरकार संग माग्ने आट छैन माग्ने आट गरिहाले पनि उनिहरु प्रति गरिने व्यावहारले उनिहरुमा त्रास छ। यि आमा त एक प्रतिनिधि पात्र मात्र हुन , कैयौ आमा , वुवा , दाजु , बहिनीहरु अहिले भोकको आगोले पटुकी बाधेर रात काट्न बाध्य छन । सरकार भोकाहरुको लागि खाध्यान्न बाड्न जरुरी छ । अहिले बाडिरहेको मास्क र सेनिटाईजर त बाचे चाहिने हो ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top