×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

२० चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(संक्रमित संख्या छ)
नेपालमा कोरोना भाइरस (कोभिड १९)को छैठौं व्यक्तिमा संक्रमण पुष्टि /संक्रमण भेटिएकी बाग्लुङगकी ६५ वर्षकी महिला गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएको स्वास्थ्य मन्त्रालयकाको भनाई ।

Advertisement

२.(रेड जोनमा १७)
अहिलेसम्म देशभरि ११ सय ८४ वटा नमुना परीक्षण /मुलुकभर १ सय ५ जना आइसोलेसनमा /मन्त्रालयको एप्समा स्वास्थ्य विवरण भरेका ४ हजार १ सय ९८ जना मध्ये १७ रेड जोनमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने ।

३.(अदालतको अलमल)
कोरोना संक्रमणको त्रासका कारण भारतबाट नेपाल फर्किन खोजेका तर महाकालीपारी अलपत्र परेकाहरुको हकमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार/अदालतले दुवै पक्षलाई चैत २४ गते छलफलका लागि बोलायो ।

४.(धार्मिक भेलाको सकस)
हालै भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेलाबाट आएकामध्ये ५२ जनालाई क्वारेन्टाइन राखियो / भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि जमातबाट आएका अन्यको खोजी जारी ।

५.(शुक्रबारको साईत)
प्रदेश १ को विराटनगरमा रहेको नेशनल ट्रेडिङको भवनमा निमार्णाधिन कोरोना विशेष अस्थायी अस्पतालको निमार्ण कार्य सम्पन्न /५० शैयाको कोरोना अस्पताल शुक्रबारबाट सञ्चालनमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको भनाई ।

६.(परीक्षण विकेन्द्रीकरण)
सरकारले उपत्यकाबाहिर कोरोना भाइरसको नमुना परीक्षण धमाधम अगाडि बढायो /सातै प्रदेशका अस्पताललाई मेसिन उपलब्ध गराएपछि कोरोना भाइरसको आशंका भएका व्यक्तिहरुको परीक्षण सुरु ।

७.(क्षमतामाथि किट)
चीनबाट खरिद गरेको कोभिड–१९ द्रुत परीक्षण किटको गुणस्तर परीक्षण गर्ने क्षमता स्वास्थ्य अनुसन्धान परिषद्ममा नभएको खुलासा /स्वास्थ्य सामग्री खरिद छानविनमा अख्तियारद्धारा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ ।

८.(स्वास्थ्य सामग्रीको जोहो)
कोरोना संक्रमण परिक्षणकालागि मेडिकल सामग्री खरिदमा नेपालले ओम्नी ग्रुपसंग सम्झौँता रद्ध गरेलगत्तै व्यापारीहरुको अर्को समूहले सामान उपलब्ध गराउँदै /नेपाल वायूसेवा निगमको वाइडबडी विमानले करीब ३० टन सामग्री ल्याउने ।

९.(निगमको उदारता)
नेपाल आयल निगमद्वारा सरकारलाई ५० करोड रुपैयाँ सहयोग / कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न दिएको ५० करोडको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण ।

१०.(उचित कदम)
लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएकोे सवारी पास जिल्ला प्रशासन कार्यालय चितवनद्वारा वितरणमा रोक /अनुमति पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउन पाउने ।

११.(गाईको कन्तबिजोग)
लकडाउनमा सरकारले ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय संकटमा / खानाको कमिले गाईको स्वास्थ्यमा प्रतिकुल असर पर्दा गाईनै फुकाएर छोड्ने स्थितिमा पुगेका व्यवसायीको गुनासो ।

१२.(४२ लाखको ज्यान)
लकडाउनका कारण ह्याचरी व्यवसायीद्वारा ४२ लाख चल्ला नष्ट /दाना उद्योगले दाना ढुवानी नगरेको कारणले नयाँ चल्ला हाल्न नसकिएको र भएकालाई पनि पाल्न नसकेको व्यवसायीहरुको गुनासो ।

१३.(कोरोनाको असर)
आगामी नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्टसंघीय संरचना महासन्धिका पक्ष मुलुकहरुको २६ औं सम्मेलन कोरोना संक्रमणका कारण स्थगित /सम्मेलन सन् २०२१ को मध्यतिर आयोजना हुने अपेक्षा ।

१४.(यो हो राष्ट्रभक्त)
कोभिड १९ को प्रकोपले सम्पूर्ण खेलकुद कार्यक्रम पूर्णरुपमा ठप्प भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडी आ–आफ्नो ड्युटीमा फर्किए/सागमा समावेश भएका खेलाडीलाई भने ड्युटीमा नबोलाउने सरकारको तयारी ।

Advertisement

र,
१५.(पछिल्लो तथ्याङ) 
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण विहिबार साँझसम्ममा ४८ हजार ३ सय बढीको मृत्यु /९ लाख ५० हजार बढी संक्रमित /स्पेनमा मृतकको संख्या १० हजार नाघ्यो ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top