×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

रेलमार्गका लागि माटो परीक्षण हुँदै

१४ चैत्र २०७४

कपिलवस्तु, चैत १४
सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ ।

सो खण्डको माटो परीक्षणको जिम्मा पाएको इआरएमसिजिओ टेक्निकल प्रालिले काम अगाडि बढाएको छ । माटो परीक्षण प्रत्येक ५०० मिटरमा गर्ने गरिएको छ । पानी जम्ने खाल्टा नालामा ३०० मिटरमा परिक्षण गर्ने गरेको कालिका ड्रिलिङ प्रालिका प्राविधिक शिवराम रिजालले बताए ।

पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगी नमूना संकलन गरिएको छ । प्राविधिक टोलीले नमूना संकलन गरेको छ । संकलित नमूनालाई परीक्षणका लागि काठमाडौँ लगिनेछ । नमूना संकलनका लागि रोटरी रिभर्स र जिओ कोर सिस्टम नामक दुई यन्त्र प्रयोगमा ल्याइएको छ ।

रोटरी रिभर्स फराकिलो सडक भएको ठाउँमा प्रयोग हुन्छ । यो बोरिङ खन्नसमेत प्रयोग गरिन्छ । जियो कोर सिस्टम वन क्षेत्र र साँघुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन भइरहेको प्राविधिक रिजालले बताए ।

एक महिना अगाडि चन्द्रौटाबाट शुरु गरिएको माटो संकलन कार्यअन्तर्गत शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको नमूना संकलन भइसकेको छ । वैशाखभित्र नमूना संकलनको काम पूरा हुने सो कार्यक्रममा संलग्न प्राविधिकहरु बताउँछन् ।

रेलमार्ग निर्माणको जिम्मा पाएको रेलवे विभागले सो कार्यलाई विभिन्न प्याकेजमा काम गर्दै आएको छ । विभागले प्याकेज–१ को बुटवल–लमही खण्डअन्तर्गत ११० किमीमा काम अगाडि बढाएको छ ।
रासस

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top