×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

काठमाडौंका तरकारी बजार कोरोना संक्रमणको जोखिममा

३० चैत्र २०७६

३० चैत, काठमाडौं । काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अस्थायी तरकारी बजार व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

काठमाण्डौ महानगरपालिकाले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गर्ने र थोक व्यापारी मार्फत विभिन्न ११ स्थानमा तोकेको बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाउने भनिएको थियो । तर निर्णय भएको ५ दिन वितिसक्दा पनि सबै स्थानमा महानगरले तरकारी बिक्रीको प्रबन्ध मिलाउन सकेको छैन । हाल तरकारी बिक्री भईरहेका कलंकी र स्वयम्भुको तरकारी बजार पनि व्यवस्थित छैन ।

कालीमाटी तरकारी बजारमा हुने भीडभाड नियन्त्रणका लागि महानगरले लिएरको निर्णय राम्रो भएपनि तोकिएका अस्थायी बजार व्यवस्थापन फितलो देखिएपछि कोरोना संक्रमणको जोखिम बढेको हो । तरकारी व्यापारीले महानगरले तोकेको स्थानभन्दा बाहिर रोडमै बसेर पनि तरकारी बिक्रि गरिरहेका थिए

। कालिमाटी तरकारी बजार बाट कलंकी जाने रोडको ठाउँ ठाउँमा व्यापारीले अव्यवस्थित रुपमा तरकारी बेचिरहेका थिए । आइतबार बिहान कंलकी तरकारी बजार पुग्दा झुण्ड झुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए । सामाजिक दुरी कायम गर्ने विषयलाई पुरै नजरअन्दाज गरिएको थियो । बिक्रेताले धमाधम तरकारी बेचिरहेका थिए भने उपभोक्ताले पनि भीडभाडमा नै बसेर तरकारी किनिरहेका थिए ।

तरकारी बजार भरी न त साबुन पानी कतै राखिएको थियो न त स्यानिटाईजर । केहीले मास्क लगाएका थिए । स्वयम्भु स्थित अर्को अस्थायी तरकारी बजारको अवस्था पनि उस्तै थियो । न त सामाजिक दुरी कायम गर्ने विषयलाई पालना गराईएको थियो नत अन्य सर्तकताका विषय नै सचेत गराईएको थियो । फोहोर थुपार्ने गरेको स्थान नजिकै तरकारी विक्रि वितरण भईरहेको थियो ।

जोखिम बढाएको काटीमाटी तरकारी बजार प्रवेशद्वारमा नै साबुन पानी र स्यानिटाईजर राख्ने गरिन्थ्यो । तर कालीमाटीमा जोखिम बढ्यो भनेर महानगरले अन्यन्त्र सारेर सुरक्षित बनाएको भनिएको तरकारी बजारको अवस्था झनै नाजुक देखियो । अर्को स्थान बनस्थली मा भने सामाजिक दुरी कायम गराईएको थियो ।

बनस्थलीमा एउटा मात्रै तरकारी बोक्ने गाडीबाट सामान झिकेर दुरी कायम गर्दै पालै पालो विक्रि वितरणको व्यवस्था मिलाईएको थियो । सुरक्षाकर्मीले सामाजिक दुरी कायम गराउन सहयोग पनि गरिरहेका थिए ।

अस्थायी तरकारी बजारको रुपमा रहेका कलंकी चोक र स्वयम्भु चोकका तरकारी बजारमा उपभोक्ताको भीडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति द्वारा सञ्चालित कालिमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ताको भीड लागेको भन्दै महानगरले बैकल्पिक तरकारी बजारको रुपमा खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायत ११ स्थानमा तरकारी बिक्रिको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top